अर्थात जेमन्त
भोट चीनसितको सम्बन्धमा
नेपाल मुलुकले सिकेको एउटै थोक हो ।
लेकमा थिग्रिने श्वास ।
उचाईमा ओहोरदोहोर मात्रै ‘हाई’को समाधान हो ।
अर्थोक सब बकम्फुस्से उपचार विधि ।
श्वास अभ्यासमा अभ्यस्त हुँदा मात्र
नागीहरु, भञ्ज्याङ्गहरु र नाकाहरुमा
श्वास थिग्रिन सक्छ ।
भोट चीन सम्बन्धमा नेपालको यो सर्बथा नौलो सिकाई हो ।
मुलुकको यो रैथाने सिकाई विपरीत
घरेलु खिचलोमा आनी एकल जहानसित भरोसा बटुल्न नसक्नेहरु
छिमेकमा जति सुकै गुहार लाउन कि बठ्याँई देखाउन
पत्याउँदैनन्, कोइ पनि पत्याउँदैनन् ।
एकाघरकी जहान सिहार्न नसक्नेले
मुलुकै सिहार्छु भनेर हिंडेकाहरुका गोडी पनि देखियो, भन्छन् ।
आज नेपाल सरकारलाई घरभित्र मात्र होइन बाहिर पनि
कोइ पत्याउन तयार छैनन् ।
झारपात वा पत्कर थुप्रिएको रासलाई जनमत भन्नु बेग्लै हो ।
राजनीतिमा लुच्चापन, बकबास र उट्पट्याङ्ग मेटाफर बोलेर
सम्मान आर्जन भएको भनेर जति थाल ठट्याए पनि
खहरेहरुको अवस्था छुटने बेला बालुवा र ग्रेगर मात्रै हुन् ।
मुलुकभरि यै ग्रेगरको थुप्रोबाट निस्किएर
हाम्रा प्रधानमन्त्री चीन पुग्नु भएको छ ।
सोधिने प्रश्नहरुमा कूटनीतिक खोल ओढाउनु जरुरी नै छैन ।
ती सपाट र सोझो हुनु पर्दछ ।
प्रधामन्त्रीको चीन भ्रमण केबल
उहाँका कलेटी परेका अहंकारको धुनिया मात्रै हो ।
होजियारीको धुलो ‘करोडपति’ निफनेको ।
नेपालका राजनेताहरुले छिमेकीहरुसित
कि त धुनिया धुलाई गरेका छन्
हैन भने, अहंकार र घटिया तुष्टि पखाल्छन् ।
प्रधानमन्त्रीको चीन भ्रमण सरकार प्रमुखको
ब्युरोक््रयाटिक बाध्यता होला ।
तर त्यसमा मुलुक कतै प्रतिबिम्बित हुँदैन ।
चीन त्यसै पनि लोहारको चोटमा काम गर्दछ ।
नेपाली राजनीतिको सुनार किचलो रुचाउँदैन ।
त्यस्तोमा आसामीका गहनाहरु चोरेर चीन पुग्दा हाम्रा प्रधानमन्त्रीले
चीनसित कुमाई गीत गाउनु बाहेक अर्थोक गर्न पनि क्यै सक्नु हुन्न ।
मुलुक आप्mनै खिचलोमा आक्रान्त छ ।
तिनको मसिनो व्यवस्थापन गर्न नसक्नेहरु
छिमेकीको पिंढीमा दमाइको दमाहा बजाउन पुग्नुलाई
बढाइँ भन्न मिल्दैन, त्यो केबल भाँडहरुले खेल्ने भैलो मात्रै हो ।
मेरो विचारमा,
एक अर्कालाई घरेलु खिचलोको छिंटा पार्दै
एक अर्कालाई टिठ्याएर आप्mनो दुनो सोझ्याउन छोड्नु पर्दछ ।
त्यसले मात्रै नेपालको अस्मिता र सार्वभौमिकता चोखिन सक्छ ।
नत्र, मुलुकले आप्mनो एकीकरण पश्चात जोगाएको
राजनैयिक कुमारित्व लुटिन बेर लाग्ने छैन ।
चीन सम्बन्धको सदियौं देखिनको आयाममा भुल्नै नहुने कुरा हो,
नेपालले देखाउने गरेको खान्दानी मैनता ।
निस्पृहता ।
कम्तीमा केप ओलीले त्यो हदको सौम्य र
खान्दानी व्यवहार देखाउन सक्तैनन् ।
उनी जन्मजात छुद्रतामा हुर्किया हुन ।
केही थान दमक टावर परियोजनाहरुमा
कम्तीमा हाम्रा पुर्खाले आर्जेका भोट चीनको लेक लाग्ने ज्ञान
मुलुकको खान्दानी साख अंकुशमा झुण्ड्याउनु चाहिं बुद्धिमानी होइन ।
मलाई लाग्छ,
तेश्रो लिंगी सोचलाई नेपाल हो भनि रहनु राम्रो होइन । (साँघु साप्ताहिक, २०८१ मंसिर १७)

प्रतिकृया दिनुहोस