अर्थात जेमन्त : शरदराज गौतम
मधेशका भारतसित जोडिएका इलाकाहरुमा घनारुपमा बस्ने
एकथरि सीमान्तकृत समुदाय छ, चिडीमार ।
जस्तो कि स्थानीय बोलिने शब्दले नै निर्दिष्ट गर्दछ ।
चरा मारेर गुजारा गर्ने समुदाय ।
बाक्लो बाँसघारी वरिपरी यिनको बसोबास हुन्छ ।
चराहरु पनि घना आवादीमा तिनै बाँसघारीमा बस्छन ।
यद्यपि, चिडीमारहरुको जीवनशैली दन्त्यकथामा वर्णित जस्तो लाग्छ ।
तर, मानवशास्त्रीहरुले यिनीहरुको बारे गरेका अनुसन्धानहरुले
चिडीमारहरुको प्रचलन, आनिबानी र व्यवहार मज्जा लाग्ने भेटिन्छन् ।
चिडीमार शिकारीहरु चराका आनिबानीका ज्ञाता हुन्छन् ।
चराहरु दिनभरिको आहार उडान सकेर जतिखेर बाँसघारीका हाँगाहरुमा फर्किन्छन् ।
त्यति नै खेर चिडीमार समुदायका नानीहरु
बाँसघारी मुन्तिर गएर एउटा प्रहसन गर्दछन् ।
साना नानीहरु बाँसघारी मुन्तिर गएर ठुलठुला स्वर निकालेर
र, हाथ खुट्टा चलाएर बाझाबाझा गरेर बस्छन् ।
नानीहरुलाई पत्तो हुन्छ,
तिनको काका बाउहरु शिकार गर्न बाँसघारीमा पसेका छन भनेर ।
बाँसका हाँगामा थकित भएर सुस्ताएका चराहरुलाई
तल चिडीमारका नानीहरुले गरेको दृश्यले ध्यान तान्दछ ।
ती वाल्ल परेर चिडीमार नानीहरुको झगडा हेर्न थाल्दछन् ।
चिडीमार नानीहरुको गलफत्ती झगडामाा ठुलठुला ध्वनि हुन्छन्
चरालाई ती ध्वनिले कुन्नि किन मोहित बनाउंछ ।
ती मज्जा मानेर तल भई रहेको झगडा एकचित्त भएर हेरि बस्छन् ।
मानिसले सिनेमा हलको पर्दाको चित्रलाई हेरे जस्तो ।
त्यति नै बेला चाल मारेर चिडीमार शिकारीहरु
पातलो निगालोमा सुइरो सिउरेर विस्तारै
हाँगामा बसेका चराहरु मुन्तिरबाट अकस्मात घोचेर मार्दछन् ।
सिउरोमा उनिएको चरा अईया पनि भन्न पाउँदैन ।
र, निगालोमा सिउरिएर तल झर्छ ।
चिडीमारका साना नानीहरुको नाटकीय झगडा चलिरहन्छ ।
चिडीमार बाँसको घारीमा चराहरु घोचेर मारिरहन्छन् ।
मुलुकको राजनैतिक बाँसघारीमा यतिखेर चिरबिर ज्यादै सुनिएको छ ।
यता चिडीमारका नानीहरुको गलफत्ती झगडा जोरसोरमा छ ।
चिडीमार निगालोमा सिउरो हालेर चराहरुको शिकार गरिराख्या छन् ।
चिडीमारको चरा शिकारको शैली किन पनि चल्ती भएको हो भने
नो, नट एगेनका शिकारीहरु यतिखेर चराहरुको अभावमा संकटमा छन् ।
तिनको चाल अहिले चराहरुका बथानले थाहा पाउन थालेका छन् ।
मुलुकमा हालावादीहरुको छल पर्दाफास हुँदै गएको छ ।
एउटै ठट्यौली घरिघरि सुनाउँदा मानिस हाँस्दैनन् ।
ती वाचकप्रति हाई काढ्छन् ।
राष्टिय स्वतन्त्र पार्टीका पदाधिकारीहरु जत्ति नै आफूलाई
प्mयाक्ट चेकमा प्रस्तुत गरुन, तिनको विश्वसनियता ढुसी गन्हाएको छ ।
तिनको जवावदेहिता सकिएको छ ।
नसकिएको क्यै हो भने ‘टालो’ मात्रै हो ।
अब रजस्वलाको टालोलाई कोही हिंगको टालो भनेर झुक्याई बस्छ भने ।
पत्याउनेको पनि दुर्भाग्य ।
र, पत्याई माग्नेको पनि दुर्भाग्य ।
टालो टालो नै हो ।
चाहे हिंग बाँधेको होस, कि
रजस्वलामा प्रयोग गरिएको होस ।
रास्वपाको निजी सम्पति हो, टालो ।
झुक्याउनन सकिएला फेरि पनि ।
तर, शासन दिन सक्तैन, त्यसले ।
टेलिभिजनको पर्दामा टालोलाई बुटी भनेर बेच्न सकिन्छ ।
तर वास्तविक जीवनमा मानिसले सुँघेर भ्याउँछ ।
कम्तीमा संसदीय चुनावमा अभ्यस्त मतदाताले आप्mनो घ्राणशक्ति बढाएका छन् ।
हिंग र रजस्वलाको गन्ध छुुट्ट्याउन सक्छन् । (साँघु साप्ताहिक, २०८१ मंसिर ३)

प्रतिकृया दिनुहोस