• सोमबार-कार्तिक-१२-२०८१

जिलेस्पीलाई पाकिस्तानको ह्वाइट बल क्रिकेट प्रशिक्षकको पनि जिम्मेवारी

 

काठमाडौँ । पाकिस्तानले जासन जिलेस्पीलाई ह्वाइट बल क्रिकेटको प्रशिक्षक बनाएको छ ।

 

ह्वाइट बल क्रिकेटका प्रशिक्षक ग्यारी किर्स्टेनले राजीनामा दिएपछि जिलेस्पीलाई ह्वाइट बल क्रिकेटको पनि प्रशिक्षक बनाइएको हो । यस अघि जिलेस्पी पाकिस्तानको टेस्ट क्रिकेट टिमको प्रशिक्षक रहेका थिए ।

 

अस्ट्रेलियाका पुर्व खेलाडी रहेका जिलेस्पीलाई २०२४ को अप्रिलमा दुई बर्षका लागि पाकिस्तानको टेस्ट टिमको प्रशिक्षक नियुक्त गरिएको थियो ।  

प्रतिकृया दिनुहोस