• बुधबार-कार्तिक-७-२०८१

अमेरिकी चुनावमा बेलायतको लेबर पार्टीले हस्तक्षेप गरेको ट्रम्पको आरोप

 

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानले बेलायतको लेबर पार्टीविरुद्ध संघीय निर्वाचन आयोग (एफईसी) मा उजुरी दिएको छ ।ट्रम्पले लेबर पार्टीसँग सम्बद्ध व्यक्तिहरू ह्यारिसको प्रचारका लागि अमेरिका गएको आरोप लगाइएको छ ।

 

यसले लेबर पार्टीलाई ह्यारिस-वाल्जको चुनावी अभियानलाई सहयोग पुर्‍याउन अमेरिकी चुनावमा 'स्पष्ट विदेशी हस्तक्षेप' गरेको पुष्टि हुने ट्रम्पले दाबि गरेका छन् । उजुरीमा लेबर पार्टी र कमला ह्यारिसको अभियान बीचको सम्पर्कको बारेमा मिडिया रिपोर्टहरूलाई उद्धृत गर्दै यो अवैध 'योगदान' भएको उल्लेख गरिएको छ ।

 

कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति हुन् र उनी डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार हुन् । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रचारप्रसार गरिरहेका लेबर पार्टीका कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत हैसियतमा यस्तो काम गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

यद्यपि, ट्रम्पको आरोपपछि बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले लेबर पार्टीका स्वयं सेवक अमेरिका गएको स्वीकार गर्दिया यो स्वस्फुर्तरुपमा भएको दाबि गरेका छन् । साथै हरेक चुनावमा व्यक्तिगत हिसाबले लेबर पार्टीका स्वयं सेवक अमेरिका जाने गरेको उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस