• बुधबार-कार्तिक-७-२०८१

नेदरल्याण्डसका लेभिट एनपीएलमा काठमाडौँबाट खेल्ने

 

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिटलाई काठमाडौँ गुर्खाजबाट खेल्ने भएका छन् । २१ बर्षिय ब्याट्सम्यानलाई काठमाडौँले भित्र्याएको जानकारी दिएको हो ।

 

एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ । यस अघि लुम्बिनीले इङल्याण्डका  विकेट किपर ब्याट्सम्यान टम मूरेजलाई भित्र्याएको थियो भने पोखराले वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप, नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे र अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको थियो ।

 

त्यस्तै सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेनलाई भित्र्याएको थियो । एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

प्रतिकृया दिनुहोस