• बुधबार-कार्तिक-७-२०८१

बराबरीमा रोकियो पीएसजी

 

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत पीएसजी बराबरीमा रोकिएको छ ।

 

गएराति सम्पन्न खेलमा पीएसजी डच क्लब पीएसभीसँग १-१ गोलको बराबरीमा रोकिएको हो  । पीएसभीले खेलको ३४औ मिनेटमा नोआ लांगको गोलमा सुरुवाती अग्रता लिएकोमा पीएसजीका लागि असरफ हाकिमीले खेलको ५५औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए  ।
 

यो पीएसजीको यस सिजनमा पहिलो बराबरी हो  । यो बराबरीपछि पीएसजीको ३ खेलमा ४ अंक भएको छ र लिगमा १७औँ स्थानमा रहेको छ । त्यसैगरी पीएसभीको भने ३ खेलमा २ अंक छ र लिगमा २७औँ स्थानमा छ  ।
  

 

 

प्रतिकृया दिनुहोस