काम पनि नेपाली सेनालाई अनि दाेष पनि सेनालाई नै ?
नेपालको अर्थतन्त्र कमजोर भएकोले नेपाली सेनाको संख्या बढी भयो घटाउन पर्छ भनेको धेरै सुनिन्छ । त्यसो भन्नेलाई मेरो एउटै मात्र जवाफ छ निजामती कर्मचारीले पनि पोशाक भत्ता पाउँछ, सुरक्षाकर्मीले थप पाउने भनेको रासन मात्र हो तलब एकै हो ।
भर्खर सर्वोच्च न्यायालयले गरेको फैसला हेर्ने हो भने अब निजामतीमा झन तलब थप हुन्छ । अहिले सेनाले बढी पाउने भनेको जागिर अवधिको शान्ति सेना हो, त्यो पनि लडाईं चलेका देशमा गोली हानाहान भएका ठाउँमा बिचमा बस्ने काम हो ।
त्यहाँ गएका सबै सग़्ला छैनन् कतिले ज्यान गुमाए, कतिले अंग गुमाए, कति जीउमा गोली लिएर बसेका छन्, कतिले लडाईंको गोलावारीको आवाज सहन नसकेर आत्महत्या गरे भने कति मानसिक रोगको औषधि खानुपर्ने भएका छन् । अरु देश यसलाई जोखिम ईलाका मानेर थप प्रोत्साहन भत्ता दिन्छन् तर हाम्रो देशमा भने अबसर मानेर पाएको भत्ता पनि कल्याणकारी कोषमा दाखिला गरिन्छ र सरकारले कर लिईरहेको हुन्छ ।
त्यसोभए दुईछाक बढी भात खान दिएर १६ घण्टा बढी काम लगाउन पाईन्छ त ? खै सामाजिक न्यायको साधारण सिद्धान्त पालना गरेको ? दुई छाक भात बढी खाएर बसेका ९६००० बढी भयो ? अनि सात प्रदेशमा अनावश्यक रूपमा पालेर राखेका झोले कार्यकर्ता थोरै भए ? कोभिडको बेलामा स्वास्थ्य मन्त्रालय कहाँ थियो, ओम्नी काण्डमा; भूकम्पको बेलामा गृह मन्त्रालय कहाँ थियो, नुवाकोटमा एकजना महतको लागि जस्तापाता किन्दैमा; फाष्ट ट्य्राक बनाउने बेला सडक मन्त्रालय कहाँ थियो, नक्कली यातायात लाईसेन्समा ।
देशलाई संकट परेको बेला कुनचाहिं मन्त्रालय, निकायले सही तरिकाले काम गरेको छ ? परेको बेलामा काम गर्न नसक्ने तर दोष भने सेनालाई ? बाढी पहिरो लागे पनि सेना, चुनाव आए पनि सेना, देशका संस्कृति जोगाउन ईन्द्रजात्रा घोडेजात्रामा सेना, इतिहास जगेर्ना गर्न सेना अझ नपुगेर यो वर्ष त संविधान दिवश मनाउन पनि सेना नै चाहियो ।
नेताहरुलाई देश होईन पार्टी प्यारो छ अनि पार्टी भन्दा आफन्त छोराछोरी प्यारो छ । देशको मायाँ भएका नेताले महाकाली सम्झौता गर्छ ? छोरी पढाउन भारतीय दुतावासमा हारगुहार गर्न जान्छ ? देशमा गृहयुद्ध फैलाएर हैदरावाद हाउसको मेजमानी खाएर बस्छ ? सर्वहारा पार्टीको नेतालाई ७५ लाखको पलंग चाहिन्छ ?
नेपाली सेनाको डेटा टर्की पुगेको छ भन्ने व्यक्ति अहिले परराष्ट्र मन्त्री मात्र होईन जे भन्यो त्यही गर्नसक्ने अवस्थामा हुनुहुन्छ तर वहाँ उत्पादन कम्पनीले मान्यता नदिएको नक्कली कम्पनीलाई सेनाको जहाज मरामत गराउन तल्लीन हुनुहुन्छ (https://www.nepalitwa.com/detail/10873) । देशलाई कानूनी रुपमा बुझाउनुपर्ने कर नबुझाउने करमाराहरु सांसद बनेका छन् कोही दानवीर बनेका छन् ।
काठ तस्करीमा संलग्न व्यक्ति निकुन्जका वन पैदावर संकलन गर्न पाउने कानून बनाउँछन् । अहिले देश कसरी चलेको छ भन्दा पशुपतिनाथ भगवानको कृपामा छ भनेर खुट्याउन सक्ने क्षमता नभएकाहरु साधारण नेपाली हुन् । बुझेका अलिकति आफै गर्नसक्ने जनता विदेश गएका छन् ।
जनता विदेश गए पनि भन्ने देशमा गरेर खान पनि नदिने अनि अलि अलि खाईरहेकाहरु पनि धेरै भयो भन्ने ! यो कस्तो अचम्म हो । अहिले प्रकृति संरक्षणको नाममा हामीले पाएको कार्वन क्रेडिट क्षमता सेनाले भाटा हानी हानी जंगलबाट नलखेटेको भए पाईन्थ्यो ! जंगलमा बाघ भालु बाँकी रहन्थे त !
नेपाली सेनाको संख्या थप गरेर वन सुरक्षा, राष्ट्र विकास, उद्योग सुरक्षा, भन्सार, जेलखाना सुरक्षालगायतका कार्यमा लगाउने र दुवै प्रहरी संगठनलाई शान्ति सुरक्षा कायम गर्न लगाउने हो भने जनता विदेशिन पनि नपर्ने बाटो खुल्ने थियो ।
-निरझर स्पन्दन

प्रतिकृया दिनुहोस