• मंगलबार-असोज-२२-२०८१

सिन्धुलीमा भेटियो उँट, हेर्नेहरूको पनि उत्तिकै भीड...

 

सिन्धुली । मरुभूमिमा पाइने जनावर उँट सिन्धुलीमा फेला परेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको हो । २०८१ असाेज २२ गते मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिएका छन् । उँट कहाँबाट आयो भन्नेबारे स्पष्ट भएको छैन ।

 

उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ । उँट चढ्ने प्रयोजनको लागि मेला महोत्सवमा लगिने गरिन्थ्यो । त्यही क्रममा फुत्किएर आएको हुनसक्ने आशंका गरिएको छ । तर, अहिलेसम्म यस उँटलाई कसैले पनि दाबी गर्न नआएको वन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस