• मंगलबार-असोज-२२-२०८१

एमालेभित्र अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीको फरक फरक लाइन, माधवकाे पार्टीलाई एकतामा ल्याउन समस्या

काठमाडाैं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालकै संकेतमा एमालेसँग पार्टी एकताको सन्देश पनि प्रवाह  हुन थालेको छ ।  स्रोतहरुक अनुसार, पूर्व राष्ट्रपति विद्या भण्डारीनिकट नेताहरुसँग माधव नेपालका दूतले छलफल गरेका हुन् ।

 

एमालेसँग पार्टी एकता गर्ने  विषयमा नेपालबाट ग्रिनसिग्नल पाएर अनौपचारिक छलफल भएको गाइँगुई  चलेकै बेलामा भण्डारीनिकट नेता पनि छलफलमा जुटेका थिए ।  तर, एमाले अध्यक्ष केपी ओली भने माधव नेपाललाई पार्टी  एकतामा ल्याउन नरुचाएकै कारण छलफलले मूर्तरुप नलिएको चर्चा भइरहेको छ ।


   एमाले र एसबीच एकता हुने संभावना तत्काल नदेखिए पनि ओली भने बरु एकीकृत समाजवादी पार्टी फुटाईदिने रणनीतिमा रहेको बताइन्छ । ओली एकीकृत समाजवादी फुटाउने लाइनमा रहेका बेलामा भण्डारी समूह भने एकताको पक्षमा रहेको बताइन्छ ।

 

स्रोतका अनुसार, कम्तीमा चैत/वैशाखसम्म एसलाई विभाजन गर्न नहुने र त्यो समयसम्ममा एकतामा ल्याउन सकिने भण्डारी पक्षको लाइन रहेको छ ।


  सोही  संकेतका आधारमा एसभित्र पनि पार्टी एकताकाे चर्चा भइरहेको छ । एस स्रोतका अनुसार, माधव नेपाल, झलनाथ खनाल, राजेन्द्र  पाण्डे र घनश्याम भुसाललगायतका नेताहरुलाई भने अध्यक्ष ओलीकाे भित्र्याउने चाहना छैन् ।

 

त्यसबाहेक बामदेव गौतमलाई पनि अध्यक्ष ओलीले एमालेमा ल्याउन चाहेका छैनन् । टीभी र साेसल मिडियाबाट आफ्नाे राजनीति जीवित राख्दै आएका नेता भीम रावललाई त अध्यक्ष ओलीले भूमिकाविहीन बनाइसकेका छन् ।


त्यसैले, पछिल्ला दिनमा पार्टी अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीको लाइनमा केही फरक  धार  देखिन थालेको  स्रोतका दावी छ ।

 

सरकार  बनाउनेदेखि मन्त्री छनौटसम्ममा पनि  पार्टी अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीको मत मिल्न नसकेको स्राेत बताउछ ।

 

स्रोतका दावी अनुसार, पूर्व राष्ट्रपतिको निकट भएका  नेता र विज्ञहरुलाई पनि प्रधानमन्त्री ओलीले  नियुक्तिमा किनारा लगाउन थालेका छन् । सोहीकारण प्रधानमन्त्री ओलीले सचिवालय विस्तार  गर्न पनि नसकेको चर्चा एमालेमा हुन थालेको छ ।


   स्रोतको अनुसार, प्रधानमन्त्री ओली महासचिव शंकर  पोखरेल, उपमहासचिव विष्णु रिमालको सल्लाहमा चलेका कारण अहिले उपाध्यक्षद्वय ईश्वर पाेखरेल  र विष्णु पौडेलसहितका भण्डारीनिकट पाखा पर्न थालेको पनि चर्चा एमालेमा भइरहेको छ ।

 

 

प्रतिकृया दिनुहोस