• शनिबार-असोज-१९-२०८१

कर्णालीले जित्यो एभरेष्ट महिला भलिबल लिगको उपाधि

 

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसले जितेको छ ।

 

शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।

 

खेलमा कर्णालीले सुरुका दुई सेट जितेपछि ललितपुरले खेलमा कमब्याक गर्दै तेस्रो र चौथो सेट जितेको थियो । त्यसपछिको फाइनल सेट कर्णालीले १५-१३ ले जितेर उपाधि चुमेको थियो ।

 

यो हारसँगै ललितपुर क्विन्स उपविजेता बनेको छ ।
 

 

प्रतिकृया दिनुहोस