• शनिबार-असोज-१९-२०८१

जोटाको निर्णायक गोलमा लिभरपुल विजयी

 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हासिल गरेको छ ।

 

शनिबार सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा खेलको नवौं मिनेटमा डिओगो जोटाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि लिभरपुलको ७ खेलमा १८ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम छ ।

 

त्यसैगरी क्रिस्टल प्यालेसको भने यो यस सिजनमा चौथो हार हो । यो खेलपछि क्रिस्टल प्यालेसको ७ खेलमा ३ अंक रहेको छ र लिगमा १८औँ स्थानमा छ ।

 

 

प्रतिकृया दिनुहोस