• शनिबार-असोज-१९-२०८१

महिला टी-२० विश्वकप : डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाको विजयी सुरुवात

 

काठमाडौँ । जारी आईसीसी महिला टी-२० विश्वकप अन्तर्गत डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले श्रीलंकालाई ६ विकेटले परजित गरेको हो ।

 

श्रीलंकाले दिएको केवल ९४ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १४.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर ९३ रन बनाएको थियो ।

 

अब अस्ट्रेलियाले अर्को खेल आगामी मंगलबार न्यूजिल्याण्डसँग खेल्ने छ भने श्रीलंकाले बुधबार भारतसँग खेल्ने तालिका रहेको छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस