• शुक्रबार-असोज-४-२०८१

संयुक्त अभ्यासको लागि नेपाली सेनाको टोली चीन प्रस्थान

( File Photo : April 29, 2019. Photo: AFP/Madoka Ikegami)

काठमाडाैं ।  नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र संघिय शान्ति मिसन लगायतका विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं विभिन्न प्रकारका पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आई रहेको नेपाली सेनाले बताएकाे छ । 

 

सोही अनुरूप नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाका फौजबिच सञ्चालन हुँदै आइरहेको अभ्यास Sagarmatha Friendship मा सहभागी हुन नेपाली सेनाको टोली २०८१ आश्विन ०४ गते चीन प्रस्थान गरेको छ ।

 

    २०८१ आश्विन ०५ गतेदेखि आश्विन १५ गते (तदनुसार 21 Sep - 01 Oct 2024) सम्म चीनको Chongqing मा सञ्चालन हुने उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघिय शान्ति मिसन, प्रतिआतंकबाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुनेछ ।


   वि.सं. २०७४ सालबाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो । नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आइरहेको सो अभ्यास कोभिड-१९ को महामारी पश्चात् केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको हो ।

 

 

 

प्रतिकृया दिनुहोस