• शुक्रबार-असोज-४-२०८१

प्रहरीद्वारा भन्सार छलीका सवा तीन लाखका अबैध सामान बरामद

रुपन्देही  । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले  २०८१।०६।०४ गते  जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ६ सुगरमिलबाट बरामद गरेकाे छ ।


     भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी/ पैठारी गरी लुकाई छिपाई राखेको  मूल्य ३,२१,०००/- बरावरको तस्करीका सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएकाे छ  ।                       

 

प्रतिकृया दिनुहोस