• शुक्रबार-असोज-४-२०८१

प्रहरी निरीक्षक सनम मल्ल भारतमा पुरस्कृत



काठमाडौं । मित्रराष्ट्र भारतको सरदार बल्लभ भाई पटेल राष्ट्रिय पुलिस एकेडेमी, हैदरावादमा सञ्चालित बेसिक ट्रेनिङ कोर्ष फर आइपिएस अफिसर २०२३ तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत भएका छन् ।

 

मल्ललाई 'द बेस्ट जेन्टलम्यान प्रोबेशनर फर पिटी' पुरस्कारद्वारा पुरस्कृत भएका हुन् । दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकालको समेत उपस्थिति रहेको थियो । 


सन् २०२३ नोभेम्बर १३ देखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरु विजय थापा, सनम मल्ल, गोपाल प्रसाद श्रेष्ठ, प्रभात लक्सम लिम्बु र झरना सोनार गरी पाँच जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।
 

 

प्रतिकृया दिनुहोस