• शुक्रबार-असोज-४-२०८१

प्रधान सेनापति र भारतका राजदूत बिच भेटघाट

काठमाडाैं । २०८१ आश्विन ०४ गते प्रधान सेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि भारतका महामहिम राजदूत Mr.Naveen Srivastava बिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ।


   प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएकाे छ ।

 

यस किसिमको भेटघाटले दुई देश बिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताएकाे छ ।

प्रतिकृया दिनुहोस