• शुक्रबार-असोज-४-२०८१

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटघाटकाे चाँजाेपाँजाे ?

   संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज २०८१ असाेज ४ गते अमेरिका  उडेका प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटको चाँजोपाँजो मिलाउने प्रयास जारी राखेकाे खबर छ । 

 

भारतसँग कूटनीतिक सम्बन्ध सुधारको प्रयासका लागि प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ताको वातावरण बनाउने प्रयास गरेका हुन् । प्रधानमन्त्रीमा निर्वाचित  भएपछि ओलीलाई भारतले औपचारिक रुपमा बधाई दिनेबाहेक वास्ता गरेको छैन ।


     नेपालले भारतीय प्रधानमन्त्री  मोदीलाई नेपाल भ्रमणको निम्ता गरेको भएपनि भारतले ओलीलाई निम्ता पठाएको छैन । ओलीसँग सहकार्य  गर्न मन नफुुकाएको भारतसँग सम्बन्ध सुधारको प्रयासमा ओली सक्रिय रहेका छन् ।

 

विभिन्न च्यानल प्रयोग गरेर सम्बन्ध सुधारको प्रयास गरिरहेका कारण अमेरिकामा मोदी र ओलीवीच भेटवार्ता हुने संभावना रहेको स्रोतको दावी छ  ।


 ओलीनिकट स्रोतका अनुसार, समकक्षबीच भेटघाट गर्ने, गराउने कूटनीतिक प्रयास  जारी रहेको छ । त्यसमा परराष्ट्रमन्त्री आरजु राणाले पनि राजनीतिक र कूटनीतिक  प्रयास जारी राखेकाे स्राेत बताउछ । पछिल्ला दिनमा ओलीले मन्त्री आरजुलाई विश्वासमा लिएर काम गरिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस