• मंगलबार-असोज-१-२०८१

तानसेनको पवित्र शहर: तानसेनमा नेवा:को आगमन र बसोबास

व्यवसायिक, धार्मिक, सांस्कृतिक पक्ष: केही विवेचना-(१)


    "अन्तमा, हामी सबै कथा बन्नेछौं।" - मार्गरेट एटवुड,” नैतिक विकार र अन्य कथाहरू” पुस्तकमा लेख्छन् I  केही कथाहरू बारम्बार भनिनेछन् ! कोही सधैंभरि बाँच्छन् ! त्यहाँ नायक र खलनायक हुनेछन्। कतिपय कथाहरू बिर्सिनेछन् ! कतिपय लिखित रूपमा वर्षौं पछि सम्झिनेछन् !


   (नेवारी भवन, तानसेन (पाल्पा)

 

इतिहास र इतिहास लेख्ने दुई भिन्न कुरा हुन् कालिदासले नलेखेको भए विक्रमादित्य कहाँ हुन्थ्ये, बाल्मिकीले रामायण नलेखेका भए राम कहाँ हुन्थ्ये I त्यसैले भनिन्छ हजारौ इतिहास हुन्छ तर इतिहासकार केवल एक प्रतिशत भन्दा कम हुन्छ I  र, भनिन्छ, इतिहास थाहा भएन भने त्यो बयस्क होइन अन्जान बालक हो I 

 
( अमर नारायण मन्दिर )

त्यसैगरि आफ्नो बंशको बसाई सराई  पनि फरक र अत्यत्न महत्वपूर्ण सम्बेदनशील ऐतिहासिक कुरा हुन् I यसै पृष्ठभूमिमा, यसको गाम्भीर्यतालाई विचार गरि यो केही सीमित भए पनि सार्बजनिक भैसकेकालाई पुनरारावलोकन गरि एकै ठाउँमा राख्ने  प्रयास गर्ने जमर्को गरिएको छ ।


    तानसेन नगरपालिका पाल्पा जिल्लामा स्थित एक प्रमुख नगरपालिका हो । यसको स्थापना वि. सं.  २००७ मा गरिएको थियो र वर्तमानमा यसमा १४ वडा कायम छन् । तानसेन नगरपालिका पाल्पाको ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्त रमणीय क्षेत्रको रुपमा रहेको छ। यहाँ स्थित सुन्दर श्रीनगरडाँडा १३७२ मिटरको उचाईमा रहेको छ । पाल्पाको तानसेनमा अवस्थित शीतल पाटी एउटा क्षेत्र हो परम्परागत नेवारी वास्तुकलाका लागि प्रख्यात।    


    पाल्पाको सदरमुकाम तानसेन काठमाडौँ र ललितपुरपछिको तेस्रो तथा पहाडी जिल्लाका नगरपालिकामा पहिलो नगरपालिका हो । २००७ सालमा तानसेन नगरपालिका भएको थियो । यो नगरपालिकाको उत्तरतर्फ कालीगण्डकी करिडोर र दक्षिणतर्फ सिद्धार्थ राजमार्ग रहेको छ । धरातलको हिसाबले पाल्पालाई महाभारत शृङ्खला, भित्री मधेश, चुरे पर्वतमाला र बाहिरी मधेश गरी चार क्षेत्रमा विभाजन गर्न सकिन्छ । ज्यादै सुन्दर भूपरिदृश्यका रूपमा रहेको तानसेन शहरलाई ‘पहाडकी रानी’ भनेर पनि चिनिन्छ ।


     श्रीनगर पहाडको फेदीमा रहेको तानसेन ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमा जति  महत्त्वपूर्ण र विविधतापूर्ण छ, भौगोलिक दृष्टिकोणले पनि उत्तिकै आकर्षकस्थलका रूपमा परिचित छ । पुरानो नेवार बस्ती, मठमन्दिर, व्यापार, परम्परागत धातुकला शिल्प र ढाका टोपीका लागि यो जिल्ला प्रसिद्ध छ । काठमाडौँ उपत्यका बाहिरका महत्त्वपूर्ण सम्पदा बस्तीहरूमध्ये तानसेन पनि एक हो ।

 

तानसेन बस्तीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वले गर्दा सन् २००८ जनवरी ३० मा यसलाई युनेस्कोले सम्भावित विश्वसम्पदा सूचीमा सूचीकृत गरेको छ ।


    नेपालमा नेवारहरू २०२१ को नेपालको जनगणना अनुसार १३,४१ ३६३  मानिसहरू कुल जनसंख्याको ४.६ % रहने  गरेको अनुसार नेपालको ८ औं ठूलो जातीय समूह हो।  नेपालको १९५२-५४  को जनगणनाले देशमा नेवारहरूको कुल जनसंख्या ३.८३  लाख राखेको छ जसमध्ये २.२६  लाख काठमाडौ उपत्यकामा बसोबास गर्दछ। यसरी उनीहरूले काठमाडौं उपत्यकाको जनसंख्याको ५५ प्रतिशत ओगटेका छन् । यो अझै पनि सांस्कृतिक गतिविधिको केन्द्र हो। यो तिनीहरूको मातृभूमि हो जसमा तिनीहरूको सबैभन्दा ठूलो भावनात्मक लगाव छ।


    सरसरी हेर्दा , नेवाः भन्ने शब्दले नेपालको एउटा भाषिक समुदायलाई जनाउंदछ। नेवाःहरूको मूलथलो काठमाडौँ उपत्यका नै हो भन्नुमा कुनै अत्युक्ति नहोला ।  नेवाः कुनै जात वा जाति वा जनजाति वा नश्ल वा धर्म विशेष होईन ।

 

नेवाः एउटा भाषिक समुदाय पनि हो, नेपाल-वासी (अहिलेको काठमाडौँ उपत्यका) को साझा संस्कृति  हो। नेवाः भित्र कयौँ मूल-जातिहरू छन  उदाहरणको लागि किराँती, लिच्छवी र केही मल्लकालमा भित्रिएको समाज मैथिली, तिव्वती आदि ।


    नेवार वा नेपामी, नेपालमा काठमाडौं उपत्यका र यसको वरपरका क्षेत्रका ऐतिहासिक बासिन्दा र यसको ऐतिहासिक सम्पदा र सभ्यताका निर्माताहरू हुन्। नेवारहरू मुख्यतया “इन्डो-आर्यन” र “तिब्बती-बर्मन” जातिहरूको भाषिक र सांस्कृतिक समुदायको रूपमा हिन्दू धर्म र बौद्ध धर्मलाई पछ्याएर नेपालभाषालाई उनीहरूको साझा भाषाको रूपमा बनाउँछन्।


    सरसरी इतिहासलाई हेर्दा , नेवारहरूले श्रम विभाजन र हिमालयको फेदमा कतै नदेखिएको परिष्कृत शहरी सभ्यताको विकास गरेकको विगत छ । नेवारहरूले आफ्नो पुरानो परम्परा र प्रचलनलाई निरन्तरता दिँदै नेपालको धर्म, संस्कृति र सभ्यताको सच्चा संरक्षकको रूपमा आफूलाई गर्व गर्छन्। नेवारहरू संस्कृति, कला र साहित्य, व्यापार, कृषि र खानामा आफ्नो योगदानका लागि परिचित छन्।


    "नेपाल", "नेवार", "नेपाल" र "नेपार" शब्दहरू ध्वन्यात्मक रूपमा एउटै शब्दका फरक-फरक रूपहरू हुन्, र इतिहासमा विभिन्न समयमा विभिन्न ग्रन्थहरूमा विभिन्न रूपहरू देखापर्छन् । नेपाल साहित्यिक संस्कृत रूप हो र नेवार बोलचाल प्राकृतिक रूप हो। "नेपालका बासिन्दा"लाई जनाउने शब्द "नेवार" वा "नेवा:" पहिलो पटक काठमाडौंको १६५४ को शिलालेखमा देखा पर्‍यो।


    इतिहासलाई सर्सरी हेर्दा, दुई सहस्राब्दी भन्दा बढीको लागि, मध्यकालीन नेपालमा नेवा सभ्यताले शास्त्रीय उत्तर भारतीय संस्कृतिको सूक्ष्म जगतलाई जोगाएको थियो जसमा ब्राह्मण र बौद्ध तत्वहरूले समान स्थिति पाएका थिए । मध्यकालमा मैथिल ब्राह्मण पुजारीहरूलाई काठमाडौंमा निमन्त्रणा गरिएको थियो र धेरै मैथिल परिवारहरू मल्ल शासनकालमा काठमाडौंमा बसोबास गरे।


    यो स्पस्ट छ कि सन् १७६९ मा गोर्खा साम्राज्यले उपत्यकामाथि विजय हासिल नगरेसम्म कुनै पनि समयमा उपत्यकामा बस्ने सबै मानिसहरू या त नेवार थिए वा उनीहरूका पुर्खाहरू थिए । तसर्थ, नेवारको इतिहास नेपालको आधुनिक राज्यको स्थापना हुनुअघिको काठमाडौं उपत्यकाको इतिहाससँग सम्बन्धित छ भन्नु मा अत्युक्ति नहोला ।


    उपत्यकामा नेवारहरूको शासन र छिमेकी इलाकाहरूमा उनीहरूको सार्वभौमिकता र प्रभाव पृथिबी नारायण शाहद्वारा स्थापना गरिएको गोरखा राज्यले १७६९ मा काठमाडौं उपत्यकाको विजयसँगै समाप्त भयो। सन् १७६७ मा कीर्तिपुरको युद्धबाट सुरु भएको गोर्खा विजय हुनुअघि नेपाल मण्डलको सिमाना दक्षिणमा मकवानपुर राज्य, उत्तरमा तिब्बत, पूर्वमा किराँत राज्यसम्म फैलिएको थियो भने पश्चिममा त्रिशूली नदी जसले यसलाई गोरखा राज्यबाट अलग गरेको थियो।  


    तानसेनमा पाल्पा दरबार छ । पहिले दरबार क्षेत्रमा चहलपहल हुन्थ्यो । दरबारमा विभिन्न सरकारी कार्यालय सञ्चालन भएकाले सर्वसाधारणको भीड लाग्थ्यो । दरबार अवलोकन गर्न मुलुकका विभिन्न क्षेत्रबाट दिनहुँ सर्वसाधारण आउँथे । दरबार सदरमुकामको गहना बनेको थियो । अहिले दरबार क्षेत्र सुनसान छ । पुरातत्व विभागले एक तर्फी बजार भत्काएर पर्यटन भित्र्याउने र संस्कृतिको जगेर्ना गर्ने उद्देस्यले सडक करीब सुनसान छ I आर्थिक क्रियाकलाप ७० प्रतिशतले घटेको छ भनिन्छ I


    प्रसिद्ध पाल्पाको तानसेनको टक्सार टोल र यो   क्षेत्र यसको वास्तुकलाको लागि महत्त्वपूर्ण छ I सम्पदा, सांस्कृतिक इतिहास र परम्परागत नेवारी शिल्पकलाकू लागि समेत ख्याती प्राप्त छ ।

 

टक्सारले परम्परागत नेवारी वास्तुकला प्रदर्शन गर्दछ, जुन एक अद्वितीय छ नेपाली संस्कृतिको पक्ष यी भवनहरूको संरक्षणले मर्मत गर्न मद्दत गर्दछ क्षेत्रको सांस्कृतिक पहिचान र सम्पदाको लागि समेत आवस्यक छ । पाल्पाली ढाका को प्रख्यातीलाई समेत जोगाई राख्नु जरुरी छ I


    यसको ऐतिहासिकता छ एक व्यापार केन्द्र र विभिन्न संस्कृतिहरुको एक पित्तल र कासको भाँडाको रूपमा समेत महत्व बढी छ । वास्तु सम्पदाको संरक्षणले पर्यटन प्रवर्द्धन गर्न, इतिहासमा रुची राख्ने आगन्तुकहरूलाई आकर्षित गर्न, संस्कृति, र परम्परागत शिल्प कौशल, जसले स्थानीय अर्थव्यवस्थामा योगदान गर्न सक्छ । टक्सारको वास्तुकलाको अखण्डतालाई जोगाउन मद्दत गर्दछ I समुदायको पहिचान र परम्परागत नेवारी वास्तुकलाको लागि त्यहाँका बासिन्दाहरूमा गर्वको भावना बढाउँछ।


     सिद्धार्थ राजमार्ग बने पछि र अर्घाखाँचीलाई बुटवलसंग जोडिने अर्को बाटो बने पछि तानसेनको आर्थिक क्रियाकलाप उल्लेखनीय रुपमा घट्न गयो र पछि शिक्षा , पर्यटन र स्वास्थ्यको विकाशको रटान लगाएको भएपनि जबसम्म आर्थिक क्रियाकलाप हुन्न तब मानिस राम्रो अवसर र विकाशको खोजीको लागि अर्को ठाउँमा बसाई सर्ने र विदेशमा समेत पलायनलाई रोक्न सकिन्न I 

 

अहिले भनिन्छ केवल ३५-४० मात्र नेवारका घर होलान धेरैले बिक्री गरि बुटवल, भैरहवा , काठमाडौँ र कति त विदेशमा नै गइ सके I राणाले तानसेन चम्काएका थिए  तत्कालीन  दरबारबाट पश्चिम नेपालमा शासन चलाएका थिए । आजको दिनमा ती सबै इतिहास भए  I

 

भनिन्छ इतिहास थाहा भएन भने त्यो जति बुढो भए पनि बच्चा हो  I एउटा उमेर ले बुढो हुन्छ अर्को ज्ञानले बुढो हुन्छ मानिस I त्यसो भएको हुनाले आफ्नो जन्म थलो, कर्मथलो  र ज्ञान राख्ने इछुकको बारेमा केही ज्ञान राख्नु पर्छ भन्ने आम धारणा रहेको बस्तुनिष्ठ यथार्थ छ I


    तानसेन कै सन्दर्भमा भन्ने हो भने , मुलुकमा २००७ सालको क्रान्तिपछि केही समय चहलपहल थिएन । २०१५ सालमा तत्कालीन राजा महेन्द्रको आदेशमा साविक नगरपालिका, जिविस, प्रशासन, अदालत, मालपोत सबै कार्यालय दरबारबाट सञ्चालन भए ।  अहिले भवनमा पाल्पा दरबार संग्रहालय  बनाईएको छ । भवनभित्र ऐतिहासिक र पुरातात्त्विक वस्तुको संग्रह गर्नुपर्नेमा त्यस्तो नभएको स्थानीयबासी  भन्छन् । विस्तारै यस्मा प्रगति होला I


    २०६२ माघमा तत्कालीन विद्रोही माओवादीको आक्रमणबाट दरबारध्वस्त भएको थियो । तत्पश्यात अहिले दरबार पुनःनिर्माण गरिएको छ ।  तत्कालीन माओवादी आक्रमणबाट ध्वस्त दरबारका पुरातात्त्विक, ऐतिहासिकता र कलाकौशललाई कतै नबिगारीकन पुनःनिर्माण गरिएको छ । काठैकाठ र इँटाबाट निर्माणाधीन दरबारलाई पुरानै स्वरूपमा ढालिएको छ ।

 

यो प्रदेशको नमुना संग्रहालय बनाउने योजना छ तर इजिप्टको जस्तो संग्राहलय जहाँ लाखौ पर्यटक त्यो इतिहास हेर्न आउछन्, त्यस्तै हेर्न आउलान, इजिप्टको पिरामिड वा आगराको ताज महल  जस्तो हेर्न रानी महल कति आकर्षक होला त्यो सकारात्मक दृष्टिबाट हेर्नु पर्ने हुन्छ I  


    करिब साढे ६ करोड रुपैयाँ खर्च गरेर पुनः निर्माण गरिएको हो । चुना, सुर्की र गिट्टी मिसाएर ढलान गरिएको छ । पुराना इँटा पिसिएको सुर्की र चुना मिसाएर जडान गरिएको उनले बताए । दरबार चार तले छ । ६३ वटा कोठा, दुईवटा बुर्जा र दुईवटा बैठक हल रहेका छन् ।


    प्रतापशमशेरले विक्रम संवत् १९८१ मा तानसेन दरबारको पुनःनिर्माण गरेका थिए । त्यसअघि बद्रीनरसिंहले निर्माण गरे पनि अलपत्र थियो । त्यसबेलामा यसको वरपर रणउजीरेश्वरी भगवती मन्दिरबाहेक संरचना थिएन । ०१५ सालसम्म पनि यस्तै अवस्था थियो । त्यसपछि वरपर संरचना थपिन थाले ।


    तानसेनको मुख्य बजारमा बहुसङ्ख्यक नेवार समुदायका बसोबास भए पनि पाल्पा जिल्लाभरि मगर समुदाय देशकै सबभन्दा बढी जनसङ्ख्या भएको क्षेत्र हो । त्यसैले यो पाल्पालाई उहिलेदेखि नै ‘मगरात’ भन्ने गरिएको छ ।


    
ब्यापारिक , धार्मिक एवम् सांस्कृतिक शहर : तानसेन


    रुद्र सेनद्वारा मध्यकाल देखि स्थापित तानसेन सहर एउटा व्यवस्थित शहर थियो । हिन्दु तथा बौद्धधर्मको केन्द्रका रूपमा रहेको यो शहरभित्र तत्धर्म र सम्प्रदायसँग सम्बन्धित देवदेवी र स्मारक एवं कलाकृतिहरूको अभूतपूर्व भण्डार छ । र, यो धर्मप्रति आस्था र निष्ठा रहेको छ I  त्यसमा पनि शहरकै पहिचानका रूपमा रहेको अमरनारायण मन्दिर र भगवती मन्दिरको विशिष्ट महत्त्व छ ।

 

    तानसेन नगरको चर्चा गर्दा, हिन्दु धर्मका अतिरिक्त बौद्धधर्मका दृष्टिकोणले पनि उत्तिकै  महत्त्वपूर्ण छ र विगत केही वर्षदेखि क्रिस्चियन र मुस्लिम धर्मका व्यक्ति पनि तानसेनमा छन्  । यस शहरमा रहेका चैत्य, विहार, स्तूपले बौद्ध धर्म र कलाको सुन्दरतम प्रतिनिधित्व गरेका छन् ।


    आनन्द विहार तानसेन शहरकै सबैभन्दा पुरानो विहार मानिन्छ । यो विहारमा शाक्य र बज्राचार्य समुदायका नेवारको चूडाकर्म (व्रतबन्ध) गर्ने चलन छ । यस्तै धर्मचक्र महाविहार र होलाङदीको विहार पनि महत्त्वपूर्ण बौद्ध सम्पदा हो तथापी यो बिहार को निर्माण निकै पछि करिब २०३० को दसकमा भएको अनुमान गरिन्छ । समाजसेवी दशरथ मुनीलगायत अन्य साविको सहयोग र सम्भाब्य यो सम्भव भएको हुनु पर्छ i


      टक्सार टोलमा अवस्थित महाचैत्य विहार १९८५ सालमा तत्कालीन डिठ्ठा अमृतलाल बज्राचार्यको नेतृत्वमा स्थापित गरिएको हो । यो विहार शाक्य र बज्राचार्यहरूको चूडाकर्म गर्न स्थापना गरिएको हो । प्रत्येक साल बुद्ध जयन्तीका दिन रथमा भगवान बुद्धको मूर्ति राखी बजारमा  घुमाउने गरिन्छ I  यसो गर्दा आनन्द  बिहार र महाचैत्य बिहार संयुक्त रुपमा गरिने भएबाट पनि दुइ बीच को समन्वयलाई समेत यसले झल्काउदछ I


 
( प्रसिद्ध भगवती जात्राको:  एक झलक )


    इतिहासलाई सरसरी हेर्दा र स्थानीय लेखक एवम् इतिहासमा ज्ञान राख्ने निर्मल श्रेष्ठ लगायत अन्यकोको लेखन हेर्दा मल्लकालदेखि नै काठमाडौँ उपत्यकाबाट बाहिरिन थालेका बौद्ध नेवारहरूको तानसेनमा पनि बाक्लो बस्ती रहेको उल्लेख छ  । तानसेन नगरका विभिन्न टोलमा विभिन्न किसिमका परम्परागत शैलीका निजी आवासहरू अद्यापि छन् । तानसेन बजारमा काठमाडौँ उपत्यकामा झैँ टोल र गल्लीहरूमा भीमसेनका मन्दिर छन् ।


    काठमाडौँका टोलहरु कै नाम रहेका टोल झैँ यस शहरका उल्लेख्य टोलहरूमा नारायणटोल, असनटोल, भगवतीटोल, टक्सारटोल, मखनटोल, वडीज्ञानटोल, वसन्तपुर टोल, भीमसेन टोल आदि छन् । ती टोलहरूमा माटो, ढुङ्गा, सुर्की, चुनबाट निर्मित घरहरू छन् । आधुनिकीकरणले गर्दा पछिल्लो समय ढलान घरहरू पनि बन्ने क्रम जारी छ । यहाँका अधिकांश टोलका नाम काठमाडौँमा रहेका टोलसँग मिल्दाजुल्दा छन् ।


    यसरी पुराना संस्कृतिहरु बिस्तारै हराउने क्रममा रहेकोमा तानसेन गुठी, कान्तिपुर इंजीनीरिंग कलेज, र तानसेन नगरपलिकाको संयुक्त सहयोगमामा पुराना संस्कृतिलाई जोगाउनको लागि निकै काम भएको सायद कन्सेप्ट पेपर र डिजाईन समेत तयार भएको अमूल्य कार्य कलेजका अर्किटेक्ट इन्जिनीर सायद ४० जनाको समूहले बनाएको मा केही समायोजन गरि लागु गर्नुपर्ने देखिन्छ I त्यसो भएमा नेवा: सभ्यता र संस्कृतिको समेत जगेर्ना हुने अपेक्षा गर्न सकिन्छ I 

 
    विभिन्न सांस्कतिक परम्परा, जात्रापर्वहरूको खुला सङ्ग्रहालय नै मानिन्छ-तानसेन । यहाँका प्रत्येक टोल र गल्लीहरूले आ–आफ्नै विशिष्ट सांस्कृतिक परम्परा बोकेका छन् । तिब्बत जाने प्राचीन व्यापारिक पैदलमार्ग तानसेन हुँदै गएको छ । यो शहर मौलिक नेवारी परम्परा र रैथाने मगर संस्कृति तथा आर्यन संस्कारको सङ्गमका रूपमा स्थापित छ । (क्रमश)

प्रतिकृया दिनुहोस