स्वास्थ्य, संस्कृत र साहित्यका रत्नको अन्त्य: देशले शताब्दी पुरुष गोपाल वैद्य” किन्जल्क” गुमायो !
साहित्यको सुगन्ध फैलाएर आफ्नो साहित्यिक नामलाई समेत सार्थक तुल्याए
पोखरा भैरव टोलका गोपाल बैद्य “किन्झल्क” बैद्यको १०४ बर्ष को उमेरमा स्वर्गारोहण भएकोमा हामी स्तब्ध भएका छौं I आफ्नी श्रीमतीलाई गुमाउदा , ''ए तिमीले पनि छोडेर गयौ !'' भनि भनेको एक बर्ष पछि उनको निधन भएको छ I
नेपाली र संस्कृतमा समेत विष्णु सहस्रनाम लगायत थुप्रै कृतिका रचनाकार “किन्जल्क” को अर्थ कमलको केसर, पद्मकेसर , कमलको फूलको पराग, नागकेसर भएको अर्थ बताईएको छ I उनको निधनले नेपाली साहित्य, स्वास्थ्य क्षेत्र र समाज सेवाका सदा क्रियाशील व्यक्तित्व र पोखराका रत्नलाई नेपालले गुमाएको छ I
“संस्कृत राम्रो नपढी आयुर्वेद विषय नबुझिने र हाम्रो वैद्य परिवारले आयुर्वेदविना वैद्य पेशा गर्न नसक्ने हुँदा बाजे भैषज्यकुमारको इच्छाअनुसार संस्कृत एवम् औषधि विज्ञानमा स्नातक गर्न पुगिएको हो ।''
उनी विक्रम सम्बत १९७८ जेठ २ गते अर्थात् सीता जयन्तीका दिन प्युठानको खलंगामा जन्मिएका हुन् । आयुर्वेदमा स्नातक गरेका उनले सबैको शारीरिक स्वस्थताका लागि आयुर्वेदिक औषधालय खोलेर सेवा पु¥याए । समाजमा मानसिक स्वस्थता लागि पनि विभिन्न साहित्यिक रचना तथा अनुवाद गरी योगदान पु¥याएर आफ्नो जन्मलाई सार्थक बनाएर ब्रह्मलीन हुन पुगे ।
६ जेष्ठ २०७८ को “आदर्श समाजमा” भूपनिधि पन्त लेख्छन ,” पोखराको पुरानो ख्यातिप्राप्त बजारको नाम भैरवटोल हो । यसैको अर्को नाम लामाचौतारा पनि थियो । तर, धेरैअघि नै त्यहाँका लामा चौताराहरू काटेर सडक विस्तार गरिएकाले यो टोललाई आजकल धेरै मानिसले भैरव टोलकै नाउँले चिन्दछन् । यो टोलमा धेरैजसो पुराना आकारका घरहरू छन् । छिटफुट आधुनिक प्रकृतिका घरहरू पनि देखिन थालेका छन् ।
यस्तै पुरानो आकारको एउटा भव्य तीनतल्ले भवनको नाम हो– ‘भैषज्य सदन’ यही भवनको भुइँतल्लामा एउटा निकै पुरानो आयुर्वेदीय पसल थियो । त्यस पसलमा बस्ने एउटा वयोवृद्ध चश्माधारी शान्त प्रकृतिको भरिलो व्यक्तित्व हँसिलो अनुहारमा आफ्ना ग्राहकहरूलाई अभिवादन गर्दै औषधि बिक्री गरिरहेका देखिन्थे ।
उनलाई कसैले बाग्लुङ्गे वैद्य भन्छन्, कसैले गोपाल वैद्य । साहित्यिक दृष्टिकोणले हेर्दा उनी ‘स्वान्तसुखाय कवि‘ पनि हुन् । संस्कृति र नेपाली दुवै भाषामा उनका रचनाहरू पाइन्छन् । धार्मिक दृष्टिकोणले हेर्दा उनको प्रकृति हिन्दू धर्मावलम्बी वैष्णव सम्प्रदायका पण्डितजस्तै देखिन्छ । नित्यकर्म र पूजापाठ नगरी उनी भोजन गर्दैनन् थिए ।“
उनले पनि साहित्यको सुगन्ध फैलाएर आफ्नो साहित्यिक नामलाई समेत सार्थक तुल्याए । “हिमाद्री महिमा” (संस्कृत २०६१) “बद्री केदार दर्शन” (पद्यात्मक २०५४), र “नीतिशतकम्” (पद्यात्मक्, २०५४) उनका मौलिक कृति हुन् ।
उनका सम्पादित तथा अनुवादित कृतिहरु चाणक्य नीतिदर्पण (पद्यानुवाद, २०५४), कुमार सम्भव १, ४, ५ सर्ग (पद्यानुभाव, २०५४), शिव महिमा स्त्रोतम् (पद्यानुभाव, २०५६), विष्णुसहस्रनाम (पद्यानुभाव, २०५८), सूक्ति मुक्ताहार (पद्यानुभावसहित, २०५४), लक्ष्मीनृसिंहस्तोत्र भगवच्छर (२०५७), स्तोत्र साधनपञ्चकम्, कैवल्याप्टक, उपमन्युकृत शिवस्तोत्रहरुको पद्यानुभाव (२०६१) छन् ।
आध्यात्मिक तथा धार्मिक दर्शनमा विशेष रुचि राख्ने किञ्जल्कले वैदिक सनातन धर्मका कृतिहरुलाई भाषामा सरल र सरस रुपमा पस्किएका छन् । नेपाली र संस्कृत दुवै भाषामा कलम चलाउने उनी भाषा पारखी पनि हुन् ।
सर्सरी हेर्दा, उनका पुर्खा भक्तपुरे नेवार हुन् । केही समय अगाडि साहेवज्यूले वैद्यको रूपमा नेपालगञ्जमा लिएर गएका रहेछन् । पछि बाजे भैषज्यकुमार वैद्य तीर्थयात्रीको रूपमा तीर्थाटन गर्दा कालीगण्डकीको किनारमा पर्ने बाग्लुङलाई पवित्र ठाउँ सम्झिएर त्यहीँ बसोबास गरी वैद्यको रूपमा सेवा गर्दै आएका रहेछन् ।
गोपाल बैद्यका पिता मेघकुमार वैद्यले पनि वैद्य पेशा गर्दै बाग्लुङबाट पोखरा आई बसोबास गर्न थालेपछि त्यस परिवारलाई पोखरामा बाग्लुङ्गे, वैद्य भन्न थालिएछ ।
गोपाल वैद्य चाहिँ आफ्नो आधा उमेरजति अठ्तिस वर्ष क्रमशः बाग्लुङ, पोखरा, काठमाडौं, वनारस, पटना आदि ठाउँमा अध्ययनार्थ बिताएर केही वर्ष बाग्लुङमा पेशागत सेवा गरी िवत्रफम सम्बत २०१५ सालदेखि अविच्छिन्न रूपमा पोखरा बस्न थालेका रहेछन् ।
धेरैको जिज्ञासा हुन्छ , नेवार परिवारको व्यक्तिलाई संस्कृत अध्ययन गर्ने अभिरुचि कसरी भयाे होला र फेरि संस्कृतमा शास्त्री नगरी औषधि विज्ञानमा स्नातक गर्न कसरी मोडिनु भएको होला ? भन्दा किञ्जल्कले भनेका रहेछन- “संस्कृत राम्रो नपढी आयुर्वेद विषय नबुझिने र हाम्रो वैद्य परिवारले आयुर्वेदविना वैद्य पेशा गर्न नसक्ने हुँदा बाजे भैषज्यकुमारको इच्छाअनुसार संस्कृत एवम् औषधि विज्ञानमा स्नातक गर्न पुगिएको हो ।''
उहाँकै इच्छा र आशीर्वाद पाएर यस पेशामा समर्पित भइएको हाैं । पटनामा अध्ययन गर्दा जीवनलाल सत्याल (पूर्व संसदका महासचिव) परिचित मित्रकोरूपमा थिए ।
आयुर्वेदले आरोग्य प्रदान गर्ने कुनै पनि उपचारलाई भैषज्य भन्दछ I संस्कृत श्लोक “तदेव योग्यम् भैषज्यम् यदारोग्याय कल्पते” भन्ने उक्तिको संस्मरण हुन्छ ।
गोपाल वैद्यले आफ्नो १०० वर्ष प्रवेशको उपलक्षमा, शताब्दी प्रवेशको तत्कालीन घडीमा वहाँबाट आफ्नै राम्रो हस्तलिखित “शुभ आकांक्षा” बाट समेत वहाँमा अन्तर्निहित भावनाको बोध र अनुभूति छर्लंग हुन्छ I
तत्कालीन “कोविड-१९” बाट सम्पूर्ण मानव जगतले उन्मुक्ति दिलाउन भगवान शिवजीसंग गरिएको प्रार्थना हृदयेस्पर्शी छ भने उद्याेग, व्यापार, पर्यटन लगायत आर्थिक क्षेत्र तहस नहस भएको प्रति देखाउनु भएको सान्दर्भिकता अझ बढी समय सान्दर्भिक र मार्मिक रहेको छ ।
नेपाललाई सुसम्मृद्ध राष्ट्रको शुभेक्षा प्रकट गर्नु भएको समरण हुन्छ I साथै सदाचार, सद्बिचार र सद्बुद्धितर्फ इंकित गर्दै नचाहिदो प्रपंचमा कसैको मन नजवाेस भनि मंगल कामना गर्नु र सचिदानन्द ब्रह्मामा नै मन लागिरहोस् भन्ने पवित्र एवम् दूरगामी असर पर्ने कामना ब्यक्त गर्नु अहिलेको सन्दर्भमा अझ बढी सान्दर्भिक रहेको छ I
शताब्दी पुरुषबाट आफ्नो शुभजन्मोत्सवको पावन अवसरमा व्यक्त “शुभ आकांक्षा” भावी पुस्ताको लागि छोटो तर गहिरो मार्गदर्शन र प्रेरणाको स्रोत हुने नै छ I साथै वहाँको जीवननै खुला पुस्तकको रुपमा रहेको र स्वास्थ्य क्षेत्र, साहित्य, समाज सेवा क्षेत्रमा शताब्दी पुरुष समआदरणीय पोखरा निवासी गोपाल वैद्यज्यूले नेपालमा पुर्याउनु भएको योगदान अहिले र आउदा दिनहरुमा भावी पुस्ताले वहाँको चिन्तन शैलीलाई मनन गरिरहने छ ।
वहाँबाट भएको लामो साहित्य र समाज सेवाबाट प्रेरणा लिई प्रोत्साहित हुनेछ भन्ने आशा एवम् विश्वास ब्यक्त गर्दै वहाँको आत्माको चीरशान्तिको लागि भगवान पशुपतिनाथसंग प्रार्थना गर्न चाहन्छौं I
सर्सरी हेर्दा, विक्रम सम्बत १९९९ ( सन् १९४२ ) मा हाम्रो बुवा कविराज दशरथ मान सिंह बनारस हिन्दु विश्व विद्यालयमा उच्च अध्ययनको लागि बनारसमा हुनुहुन्थ्यो I त्यस बेला पनि बनारसमा धार्मिक र शैक्षिक कार्यको लागि नेपालीहरुको आवत जावत धेरै नै हुने गर्दथ्यो I
यही क्रममा आफ्नो (बुवाको) दाजु पर्ने एकजना बाग्लुङका नातेदार त्यहाँ बराबर आउने जाने गर्दा रहेछन् I उनले बाग्लुङबाटै उच्च अध्ययनका लागि आएका आफ्ना परिचित् गोपाल बैद्यसँग बुवासंगको परिचय गराइ दिएछन् र वहाँहरु बिच मित्रताको प्रारम्भ भएको रहेछ I
हाम्रो बुवाले बनारस मै पढाई पूरा गर्नु भयो तर गोपाल बैध्य बनारसमा केही समय बसेर पछी पटना गएर अध्ययन पुरा गरी कबिराज( आयुर्बेद शास्त्री) हुनु भयो I बनारसमा दुबै जना को लामो साथ नभए पनि त्यहाँ गाँसिएको मित्रता निरन्तर रह्यो I नेपाल फर्केपछि पनि वहाँहरुको सम्पर्क कायम थियो I
हामी सानो छँदा प्रत्येक वर्ष बडा दशैंमा “भैषज्य सदन-पोखरा''बाट प्राप्त हुने कवितामा लेखिएको शुभकामना हाम्रो सम्झनामा ताजा छ I सडक यातायात को सुविधा नभएको तत्कालीन अवस्थामा समेत् भेटघाट हुने गरेकोमा यातायातको सुविधा भएपछि यो सम्बन्ध र सम्पर्क झनै बाक्लियो I
संयोगले वहाँ गोपाल बैद्यको कान्छा भाई आनन्द देवसँग हाम्री ठुलो दिदीको विवाह भएपछि दुई परिवार बिच पारिवारिक सम्बन्ध कायम भयो I बाग्लुङबाट पोखरा बसाइ सरेको हुँदा “बाग्लुङे बैद्य” को नामबाट परिचित वहाँको साहित्यिक क्षेत्रमा विशिस्ट योगदान छ I “किन्जल्क “ उपनामबाट विभिन्न महत्वपूर्ण कृतिहरु प्रकाशन गर्नु भएको छ I
केही वर्ष अगाडि कास्की पोखराका सुप्रसिद्ध कविराज तथा चिकित्सक एवं आयुर्वेद औषधिका ज्ञाता कवि तथा संस्कृत भाषाका साहित्यकार, वेदादिशास्त्रका विद्वान, समाजसेवी आदरणीय गोपाल बैद्य किञ्जल्कज्यूलाई योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्का संरक्षक, सामाजिक तथा धार्मिक अभियन्ता उषा शाहज्यू तथा टष्टका उपाध्यक्ष सामाजिक तथा धार्मिक अभियन्ता अम्बु राणाज्यूले वहाँको निवास पोखरा भैरवटोलमा गएर सम्मानित गर्नु भएको स्मरण हुन्छ ।
पोखराको “भैषज्य सदन”मा बस्नु हुने वहाँ निकै स्पस्ट बक्ता , मिजाशिलो र सबैप्रति दयामाया भाव राख्ने निकै मेहनती हुनु हुन्थ्यो I हामीलाई समेत बाल्यकालमा मन्दिरमा गइ बुवा आमालाई फूल दिने क्रमलाई राम्रो संस्कार भन्ने र आजकलको बालबालिका पास्चात्य दुनियामा लीन भएकोमा त्यति सन्तुष्ट देखिदैनन् थिए I
तत्कालीन अवस्थामा रहेको परिवारको सङ्ख्या उल्लेख्य हुँदा समेत उचित समन्वय र समझदारीमा पारिवारिक एकता कायम राख्नु अनुपम र अनुकरणीय थियो I साथै धार्मिक तथा सामाजिक कार्यमा समेत सँधै उत्प्रेरित रहिरहनु हुन्थ्यो I
उनको स्वगरोहणले नेपाली संस्कृत, स्वास्थ्य, सामाजिक सेवा, साहित्य, दर्शनमा अपूरणीय क्षति भएको छ I भगवान पशुपतिनाथसंग वहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं र शोकाकूल परिवारमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छौं I

प्रतिकृया दिनुहोस