• शुक्रबार-कार्तिक-२-२०८१

'जतिसुकै बेला लात्ताले हानेर निस्कन सक्छु'-प्रधानमन्त्री प्रचण्ड

प्रचण्ड : उथल पुथलका सम्बाहक, यी हुन् सदनमा बोलिने अपेक्षित विषयबस्तु

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता लम्ब्याउने अवसर वा बेला भएपनि उनकाे सत्ताले निरन्तरता पाउने संभावना भने देखिकाे छैन् भन्ने अभिमत राख्नेहरु धेरै छन् ।  तर आज केही सामाजिक संजालमा फेरि अर्कै कुरा अर्थात् शेर वहादुर देउवा,  माधव र प्रचण्डका केही कुरा समेत आएका छन् । त्यसले कुन रुप लिन्छ थाहा छैन ।

त्यसले त्यो जादुको नम्बर फिट हुन्छ हुँदैन भन्न सक्ने  स्थिति छैन I अर्को तर्फ, उनले विश्वासको मत लिने समय आजभोलि नै  निर्धारण भने गर्ने तयारी गरेका छन् भन्ने पनि सुनिन्छ र चापमा  छन् । त्यसर्थ यी परस्पर  विरोधी समाचार सम्प्रेष्ण भएका छन् I


    प्रतिनिधिसभामा उनले विश्वासको मत लिने दिन तोकेर संसद सचिवालयमा पत्र दर्ता गर्ने तयारी गरेका छन् भन्ने पनि सुनिन्छ । साँघु अनलाइनले लेखेको “ स्रोतहरुका अनुसार उनले विश्वासको मत लिने भन्दा पनि संसदमा आफ्नो धारणा राखेर राजीनामा दिने तयारी गरेका छन् ।“ भन्ने लेखेबाट उनी के बोल्छन भन्ने चासो सर्वत्र छ I


 सोही स्रोतहरुको दावी अनुसार, संसदमा आफ्नो अभिमत राखेर राजीनामा दिँदा उपयुक्त हुने विश्लेषणपछि प्रचण्डले रास्वपालाई पनि फकाएको बताइएको छ ।  सत्ता गठबन्धन लम्बिन सक्ने आंकलन भन्दा पनि २०८१ असार २३ गते बस्ने प्रतिनिधिसभामा बोलेर छोड्नु राम्रो हुने माओवादी नेताहरुको सुझाव थियो । त्यही सुझावका आधारमा राजीनामा दिन लागेको स्रोतको दावी छ । त्याे स्राेतमा कति सत्यता छ त्यो समयले बताउने नै छ I


    नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका थिए । केही समय अगाडि शहीद सप्ताहको कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘म नमर्दासम्म देशमा उथल पुथल भइरहन्छ ।’ उनले आफूलाई धेरैपटक घेरा हाल्न खोजिए पनि त्यसलाई चिर्दै अघि बढिरहेको बताएको स्मरण हुन्छ  ।  

   
  क्रान्तिकारी एक ठाउँमा हुने बाटो खोज्नुपर्ने भन्दै उनले वृहत्तर कम्युनिष्ट एकताको पहल भइरहेको समेत बताएका थिए जुन अहिले नाकम भएको छ  । साथै, उनले आफूलाई प्रतिक्रियावादीहरुले उपयोग गरे जतिसुकै बेला “लात्ताले हानेर” निस्कन सक्ने समेत बताएका थिए  । प्रतिक्रियावादीले मलाई उपयोग गर्न खोजे भने जतिसुकै बेला लात्ताले हानेर निस्कन सक्छु,’ उनले भनेका थिए  ।  

   
    इतिहासको सर्सरी समीक्षा गर्दा, नेपाल सधैं राजनीतिक रूपमा अहिले जत्ति अस्थिर चाहिं रहेन । यो केवल पछिल्लो करिब २० वर्ष वा सो र इतिहासमा आवधिक क्षणहरू हुन् । तर नेपालको ३ हजार वर्ष र लामो इतिहासको लामो चरणमा नेपाल कम वा अत्यन्त शान्त र स्थिर रहेको थियो । 

 

२० प्लस  केही वर्ष सधैंको रूपमा गणना गर्न सकिँदैन । तर आजकल नेपालमा अस्थिरताले निरन्तरता पाएकाे छ । किन ? हाम्रो राष्ट्रवाद र देशभक्ति मरेर हाेकि वा कमजोरीले गर्दा हो वा नयाँ कुनै कारण यो छलफल र अनुसन्धानको विषय होला ।


    राजनीतिज्ञ र राजनीतिक दलहरू समाज के हो भन्ने ऐना मात्र हुन् । त्यसैले सबै दोष राजनीतिज्ञलाई मात्रै लगाउनु गलत हो  भन्ने अभिमत राख्नेहरु छन् । ३० वर्षअघिसम्म  नेपाल शान्तिप्रिय, अनुशासित राष्ट्र थियो र नेपालमा सबैले आफूलाई गर्वकासाथ नेपाली भनेर चिनाउने गरेका थिए I


    नेपालमा प्रचण्ड चौथो पटक नेपालको प्रधानमन्त्री बनेका  हुन् । सन् १९५४ डिसेम्बर ११ मा पोखरा नजिकैको कास्की जिल्लाको ढिकुरपोखरीमा जन्मिएका प्रचण्ड झण्डै १३ वर्ष भूमिगत बसे । दशक लामो सशस्त्र विद्रोहको अन्त्य गर्दै नेकपा-माओवादीले शान्तिपूर्ण राजनीति अपनाएपछि उनी मूलधारको राजनीतिमा प्रवेश गरेका थिए ।


    उनले सन् १९९६ देखि २००६  सम्म दशक लामो सशस्त्र संघर्षको नेतृत्व गरे जुन अन्ततः नोभेम्बर २००६  मा “विस्तृत  शान्ति सम्झौता”मा  तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालासंगै हस्ताक्षर  समाप्त भयो।  


    एमाले संगको गठबन्धनमा उनले भनेका थिए “” सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि नेपाली कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो । खासमा म यी आक्षेपहरूको ठुलो प्रतिवाद गर्न चाहन्नथेँ ।

 

निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद् उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ । अझ आज विश्वासको मत लिने दिनमा त यस्तो विषयमा प्रवेश नै नगर्नु राम्रो हुने थियो तर संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाला भन्ने चिन्ताले मात्रै म आफ्नो पक्ष राख्न चाहन्छु ।


    नेपाली कांग्रेसका साथीहरूले कुनै बेला यही रोस्ट्रममा उभिएर मलाई राजनेता घोषणा गर्नुभएको थियो । मेरो त्यो पदवी अहिले पनि सम्मानित संसद्को रेकर्डमा सुरक्षित छ । त्यही राजनेता सरकार पुनर्गठनसँगै आज ठुलो विश्वासघाती र धोकेबाज भएको छ । निरन्तर सङ्घर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरूले युद्धविराम नै गरेर मप्रतिको निन्दा अभियानमा प्रतिस्पर्धा गरिरहेका छन् ।


   पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आजित भएको म आज कांग्रेसभित्रको आन्तरिक एकत्वको कारक बन्न पाएकोमा खुसी नै छु । साथीहरूलाई आग्रह छ, यो युद्धविरामलाई स्थायी शान्तिमा बदल्नुस् र नेपाली कांग्रेसलाई एकीकृत गर्नुस् । त्यसो हुँदा ममाथिको अन्यायपूर्ण निन्दा पनि कांग्रेसका लागि योगदान नै हुन सक्छ ।“


    नेपालका प्रधानमन्त्री तथा प्रमुख राजनीतिक व्यक्तित्व प्रचण्डले वास्तवमा देशको राजनीतिक परिदृश्यमा महत्वपूर्ण छाप छोडेका छन् । प्रचण्डको शक्ति, कमजोरी, अवसरलाई ध्यानमा राखेर उनको सबल र दुर्बल पक्षको विश्लेषण गरौं:     


प्रचण्डले विशेषगरी माओवादी विद्रोहको समयमा बलियो नेतृत्व कौशल प्रदर्शन गरेका छन् । क्रान्तिकारी आन्दोलनलाई परिचालन गर्ने र नेतृत्व गर्ने उनको क्षमता नेपालको राजनीतिक इतिहासलाई आकार दिन महत्वपूर्ण थियो । चुनौतीहरूको सामना गर्नुपर्दा पनि प्रचण्डले सान्दर्भिक रहन र धेरै पटक सत्ता फिर्ता गर्न सफल भएका छन् ।

 

उनको लचिलोपन र अनुकूलता उल्लेखनीय छ। प्रचण्डको रणनीतिक सोचले उनलाई जटिल राजनीतिक परिदृश्यहरू “नेभिगेट” गर्न र आवश्यक पर्दा गठबन्धनहरू बनाउन अनुमति दियो ।


    कमजोरीहरु:


प्रचण्डको प्रधानमन्त्रीको कार्यकाल नातावाद, धनसम्पत्ति आर्जनको आरोप र प्रेसलाई थुन्ने प्रयासलगायत विवादले चिनिएको थियो । उनको गठबन्धन परिवर्तन र शक्ति खेलहरूले राजनीतिक दृष्टिकोणमा असंगतिहरू निम्त्याएको  भनिन्छ , जसले मतदाताहरूको विश्वासलाई कम गर्न सक्छ।


आर्थिक चुनौतीहरू:


 प्रचण्डका नीतिहरूले आर्थिक असमानतालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकेनन् र धेरै नागरिकहरूले विदेशमा रोजगारीका अवसरहरू खोज्न थाले। उनको विरासत उपलब्धिहरू, विवादहरू, र छुटेका अवसरहरूको मिश्रण हो । उसले नेपालको भविष्यलाई निरन्तरता दिने हो कि इतिहासमा मेटाउने हो, हेर्न बाँकी छ I नेपालको लोकतन्त्रमा समय समय मा समस्या हुँदै गरेको छ  ।


  नेपालको विगत जहिले पनि निरंकुश प्रकृतिको थियो, जाेसुकै सत्तामा आए पनि शासन गर्ने यो सजिलो तरिका हो, तानाशाह बनेमा जिम्मेवार भएर धेरै डेलिभर गर्नु पर्दैन । डाटाबेसबाट बोल्ने हो भने नेपालको लोकतान्त्रिक विगत धेरै लामो छैन ।


   कुनैपनि राजनीतिक गठबन्धनहरू गठन हुनुका तीनवटा मुख्य कारणहरू हुन्छन : सरकारमा, शासन गर्ने बहुमत प्राप्त गर्न; प्रतिपक्षमा, सरकारको एक   विश्वसनीय विकल्प सिर्जना गर्न; र चुनावको समयमा, चुनावी समर्थनलाई सुदृढ गर्न र अधिकतम परिणामहरू प्राप्त गर्न।


    त्यसैले सफल गठबन्धनको धेरै आवश्यक तत्वहरू छन्: गठबन्धन यसका सबै घटक पक्षहरूको लागि लाभदायक हुनुपर्छ; त्यहाँ सबैको लागि केहि हुनुपर्छ। आपसी सम्मान र समझदारी हुनुपर्छ। असहमति हुँदा पनि प्रत्येक साझेदारले अरूको दृष्टिकोण बुझ्ने क्षमता देखाउनुपर्छ। त्यहाँ सम्झौता गर्न इच्छुक हुनुपर्छ।  


  सदस्य दलहरू आकारमा फरक भए तापनि साझेदारीको भावना हुनुपर्छ । साझेदारीको अर्थ सबै जिम्मेवारी र पदहरू गठबन्धनभित्र समान रूपमा बाँडफाँड गरिएको होइन, तर प्रत्येक समूहले गठबन्धनमा ल्याउने अद्वितीय विशेषताहरूको लागि सम्मान गरिन्छ र निर्णयहरू कसरी गरिन्छ र लाभहरू बाँडफाँड गरिन्छन् भन्नेमा न्यायोचित र निष्पक्ष भनाइ छ।


    गठबन्धनभित्र निर्णय गर्ने प्रक्रिया स्पष्ट रूपमा परिभाषित हुनुपर्छ। तर पनि यस प्रक्रियामा विभिन्न समूहलाई संलग्न गराउने प्रयास गर्नुपर्छ। जब सम्भव हुन्छ, निर्णय गर्ने कार्य तल्लो तहको गठबन्धन निकायहरूमा हस्तान्तरण गरिनुपर्छ, यी निकायहरूलाई सशक्त बनाउन र प्रत्येक गठबन्धनको निर्णयमा शीर्ष नेताहरू निरन्तर बाँधिएको छैन भन्ने सुनिश्चित गर्न।


यदि संसदमा सम्बोधन दिएमा दिंदा सायद नछुट्ने विषय :


१.    शान्ति प्रक्रियाको एक सदस्य र गिरिजाबाबुले तपाईंले सम्हाल्नुस्  भनेको शब्द,


२.    महान शहीदहरुको त्यागपूर्ण  बलिदानको  उल्लेख,


३.    २०४७ साल को संविधान तर्फको पुनरावृत्ति,


४.    आफ्नाेकालमा भएको प्रगतिको केही झलक,


५.    २०६१ पछिको प्रगतिको फेहरिस्त (सायद अर्थमन्त्रीले समेत बजेटमा दियका छन् त्यो पनि आधार हुन सक्छ )


६.    मोदीको ५ पटकको नेपाल भ्रमण जुन त्यस अगाडि १७ बर्षमा हुन सकेको थिएन,


७.    चीनसंगको नेपालको सम्बन्ध, नाका खुला,


८.    कोविड पछिको अर्थतन्त्रमा आफ्नो सरकारले खेलेको भूमिका,


९.    भ्रष्टाचारका फाईल बारे टिप्पणी,


१०.    TRC विधेयक लगायत अन्य विधेयक र ऐन पारित भएको,  


११.    समय समयमा सरकार गठन र बिघटनका बेला कांग्रेस र एमाले लगायत अन्य ले दिएको धोखा
१२.    सायद अर्को आन्दोलन को शंखघोष,  


१३.    मुलुक गंभीर  संकटमा पुग्ने,  


१४.    सन् २०२६ सम्म नेपाल विकाशोन्मुख  मुलुकमा पुग्ने कुरा र दिगो विकास लक्षका कुरा


१५.    नेपालको परराष्ट्र सम्बन्ध   


१६.    लगानी सम्मेलनको उपलब्धि


१७.    अन्य प्रधानमन्त्रीलाई आफ्नू सिफारिसमा प्रधानमन्त्री बनाएको कुरा


१८.    विकास साझेदार प्रतिको बढ्दो सम्पर्क र विश्वनीयता


१९.    प्रदेश सरकारमा निर्वाचनको र मुख्यमन्त्री आदिको कुरा


२०.    सुरुंग मार्गको ब्रेक थ्रुको  कुरा


२१.    सहकारी समस्याको समाधानको कुरा  


२२.    कम्युनिस्ट एकताका कुरा आदि


२३.    संगै स्वर्ग नरक र 'यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई मायाँ गर्नु एउटा भूल गरेँ मैले'आदि


२४.    आगामी चुनावलाई दृष्टतिगत गरि रणनीतिक सम्बोधन I


सार्बजनिक भएको अनुसार ,प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले २०८१ असार २८ गते विश्वास मत लिने भएका छन्। प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन् ‘प्रधानमन्त्रीज्यूले यही असार २८ गतेको संसद बैठकमा विश्वास मत लिने तयारी गर्नुभएको छ,I

प्रतिकृया दिनुहोस