• बुधबार-असार-१९-२०८१

विद्यार्थीकै टाउको फुटाउने अनुमति छ र मास्टर सा'ब ?

काठमाडौँ, १७ असार । सल्यानका एक निजी विद्यालयका शिक्षकले विद्यार्थीलाई रक्ताम्य हुने गरी कुटपिट गरेका छन् ।

हिजो २०८१ असार १६ गते त्रिवेणी गाउँपालिका–६ लुहाममा रहेको बालकल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण विकलाई शिक्षकले कुटपिट गरेको बताइएको छ ।

 

पढाइरहेको बेलामा हल्ला गरेको भन्दै शिक्षक  चन्द्रबहादुर डाँगीले विकलाई फलामको स्केलले हानेका हुन्।  स्केल प्रहारबाट टाउको फुटेर रक्ताम्य भएको उनको फोटो अहिले समाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ ।

 

त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष मनोज शाहको अनुसार घाइते विकलाई  उपचारको लागि नजिकैको मेडिकलमा लगिए पनि त्यहाँ टाँका लगाउने सामान नभएपछि जिल्ला अस्पताल लगिएको छ ।

 

गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले  कानूनी प्रावधानअनुसार शिक्षकलाई कारबाही गरिने बताए । विद्यालयका प्रिन्सिपल नेवबहादुर खड्काका अनुसार आज असार १७ गते  सोमबार  अभिभावक, विद्यालय र स्थानीयबीच छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस