• शुक्रबार-असार-२१-२०८१

फौजी किराेको प्रकोपले धादिङका किसान मारमा

काठमाडौँ,१९ असार ।  धादिङमा फौजी किराेको प्रकोपले मकैबालीमा क्षति पुर्याएपछि किसान मारमा परेका छन् । खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले घोगा लाग्ने बेलाको मकैमा क्षति पुर्‍याएपछि किसान चिन्तित भएका हुन् ।

 

२०८१ वैशाखको असिना पानीले नगदेबाली भित्र्याउन नपाएर मकैको आशमा बसेका किसान निरास बनेका छन्।

 

 मकै राम्रो होला भन्ने आशमा बसेका स्थानीय नेमा तामाङ  महामारीको चक्रमा फसेपछि जीविका चलाउनै गाह्रो हुने बताउँछन् ।

 

भन्छन्, 'वैशाखको असिना पानीले जौ, गहुँ, केराउ, आलुलगायत बाली नष्ट भयो। अहिले फेरि घोगा लाग्न थालेको मकै फौजी किराले सखाप पार्दैछ',बाली भित्र्याएर जीविका चलाउँला भन्ने आशा पनि रहेन।'

 

आसपासका सबै किसानले एकै चोटी विषादी हाले मात्रै फौजी किरा नियन्त्रण गर्न सकिने खनियावास गाउँपालिकाका कृषि शाखा प्रमुख सुस्मिता तिवारीले बताइन्।


'फौजी किरा नियन्त्रणका लागि इमिडाक्लोरोपिड, इस्पिनोस्याड विषादी प्रयोग गर्न सकिन्छ', तिवारीले भनिन् ।

प्रतिकृया दिनुहोस