• शुक्रबार-असार-२१-२०८१

बेसाहारा तेतरीको अविरल वर्षाले घर लगेपछि रुवाबास

काठमाडौँ ।  असार १८ गतेकाे राति परेको अविरल वर्षाको कारण घर भत्किएपछि महोत्तरीका एक  दम्पती घाइते भएका छन् ।

 

घाइते हुनेमा गौशाला नगरपालिका -३ का लक्ष्मण महतो र उनकी श्रीमती तेतरी महतो रहेकी छन् ।

 

अविरल वर्षाको कारण २०८० असार  १८ गते मंगलबार बिहान ३ बजे महतो दम्पती सुतिरहेको बेलामा घर भत्किएको हो ।

 

घर भत्किएर महतो दम्पतीलाई पुरेपछि स्थानीयले उद्दार गरी उपचारको लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए ।

 


'भएको एउटा बस्ने बास पनि वर्षाले लग्यो । श्रीमान पनि अपांग हुनुहुन्छ,' लक्ष्मणकी श्रीमती तेतरीले भनिन्,' आफ्नो सन्तान छैनन्,'
घर भत्किएपछि विक्षिप्त भएका महतो दम्पतीको अझैसम्म बासको ठेगान लागेको छैन ।

 

ज्यामी काम गरेर जीवन गुजारा गरिरहेकी तेतरीले वर्षाले घर भत्काइदिएपछि निर्माण गरिदिनको लागि सम्बन्धित निकायलाई आग्रह गरेकी छन् ।

 

 

प्रतिकृया दिनुहोस