• सोमबार-असार-२४-२०८१

सशस्त्र प्रहरीद्वारा रु एकलाख बढीको भारतीय कुखुराको चल्ला बरामद


रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा प्रतिबन्धित भारतीय कुखुराको चल्ला बरामद गरेको छ ।

 

सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले परोहा नगरपालिका ८ कबीर चौक स्थित तस्करले भारतीय बजारबाट लुकाइ छिपाइ ल्याएको एकलाख ७० हजार मूल्य बराबरको १ हजार ७०० वटा कुखुराको चल्ला बरामद गरेको हो ।

 

बरामद चल्लालाई जिल्ला कुखुरा ब्यवसायी किसान संघको रोहबरमा खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन । सशस्त्र प्रहरीको टोलीलाई हेरेर कुखुरा तस्कर फरार भएपनि उनीहरूले प्रयोग गरेको विआर ०५ एम ५११७ नम्बरको प्लाटिना मोटरसाइकल लगायत साइकलहरु बरामद गरिएको एसपी हुमागाईंले जानकारी दिएका छन ।

 

बरामद सवारीसाधन आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जारी गरेको जानकारी दिएको छ ।

 

 

प्रतिकृया दिनुहोस