• शुक्रबार-असार-२१-२०८१

'रअ (R&AW)ले नेपालका लागि खटायाे नयाँ चिफ, भटनागर विदा हुँदै

काठमाडाैं । नेपालकाे सत्ता समीकरणकै मुखमा भारतकाे अन्तर्राष्ट्रिय राजनीतिलगायत(foreign intelligence agency.  intelligence, counter-terrorism, counter-proliferation)काे विषयमा सक्रिय चर्चित खुफिया एजेन्सी रिसर्च एण्ड एनालेसिस(Research and Analysis Wing) (R&AW)ले  नेपालका लागि नयाँ स्टेशन चिफ पठाउने भएकाे दिल्ली स्राेत बताउछ ।


स्राेतका अनुसार, हाल नेपालमा कार्यरत R&AW काे स्टेशन चिफ राघव भटनागरकाे नियमित प्रक्रियाबाट सरूवा भएकाे छ ।

 

भटनागरकाे स्थानमा नयाँ चिफ अंशुल शर्मा(Anshul Sharma) नेपालका लागि चयन भएका छन् । अंशुल शर्मामा (Research and Analysis Wing) (R&AW)काे हेडक्वार्टरबाट  नेपालका लागि खटिएका  हुन् ।

 

तीन वर्षे कार्यकालका लागि 'रअ'का नयाँ स्टेशन चिफ (Anshul Sharma) २०८१ असार २० गते( ४ जुलाई, २०२४) मा काठमाडाैं आइ पुग्ने कार्यक्रम रहेकाे दिल्लीस्थित साँघु स्राेत बताउछ ।

 

कूटनीतिक अनुभवले खारिएका अंशुल शर्मा जनवरी २०१९ बाट अमेरिकाकाे डसीस्थित भारतीय राजदूतावासमा Counsellor (Economic & Education) काे पदमा ३ वर्ष कार्यरत रहेका थिए ।


 स्राेतका अनुसार, हाल नेपालमा कार्यरत R&AW का स्टेशन चिफ राघव भटनागरकाे ३ वर्षे अवधि जुन, २०२४ महिनामै पूरा भइसकेकाे हाे । भटनागर २०८१ असार २७ गते( ११ जुलाई, २०२४) मा दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेकाे छ ।

प्रतिकृया दिनुहोस