• बिहीबार-जेठ-३-२०८१

माधव प्रधानमन्त्री बन्ने सपना...?

 

काठमाडौं । माधव नेपालले एकीकृत समाजवादीका आपूmनिकट नेताहरुलाई २०८१ वैशाख १५ गतेको उपचुनावपछि सरकार फेर्ने रणनीति सुरु हुने बताउने गरेका छन् । उनीनिकट नेताहरुसँग अहिलेको सरकार फाल्ने र आफ्नो नेतृत्वमा सरकार बन्ने भन्दै अहिलेको यो मौकालाई पार्टीले त्यसरी नै सहयोग र सदुपयोग गर्नुपर्ने बताइरहेका छन् । एसभित्र निस्केको  दुईधारका कारणले पनि माधवले आफूनिकटलाई सन्देश दिँदै हिड्न थालेका छन् । र, सचिवालयलाई पनि त्यसरी  नै परिचालन गरेका छन् । 


 सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल,  सचिव रामकुमार झांक्री, अहिलेका मन्त्रीहरुसहितको ठूलो पंक्ति भने वामपन्थीहरुको सरकार ढाल्न नहुने पक्षमा रहेका छन् । तर, माधव नेपालले कांग्रेस र वाह्य शक्तिबाट अवसर नगुमाउन धाप पाइरहेको अवस्था रहेका कारणले उनी पार्टीभित्रको कुरा सुन्नेभन्दा पनि एमाले अध्यक्ष केपी ओलीलाई गाली गर्न समय खर्चिन थालेका छन् ।


 प्रचण्डलाई गाली नगरेपनि सरकार ढाल्न भने भित्रभित्रै सक्रिय रहेका छन् । त्यसैले, अहिले माधव नेपाललाई बाह्य शक्तिको आडमा कांग्रेसले बोक्न थालेका कारण उनी अस्वभाविक रुपमा उत्तेजित भएर बोल्न थालेको टिप्पणी भइरहेको छ । नेपालले आफ्नो सचिवालयसहितका नेताहरुलाई चाहिँ यो सरकारले  बजेट नै ल्याउन नपाउने भन्दै फुरंग परेको अवस्थामा देखिन्छन् । त्यसैले, अहिलेकै अवस्था रहेका सुदूरपश्चिम प्रदेशमा कांग्रेसको समर्थन लिएर माधव नेपालले मुख्यमन्त्री दीर्घ सोडारीको सरकार जोगाउने खेल पनि खेल्दैछन् । 


काठमाडौको सरकार ढाल्न सुदूरपश्चिमबाट थाल्ने नेपाल र शेरबहादुर देउवाको रणनीति देखिएको छ । त्यही  रणनीति अनुसार अहिले सोडारीले विश्वासको मत लिनका लागि  नयाँ रणनीति पनि बनाइरहेका छन् । त्यसैले, अहिले प्रचण्डको सरकारले नयाँ अध्यादेश ल्याईदिएर एसलाई फुटाईदिन सक्ने चर्चा पनि चल्न थालेको छ । वामपन्थी सरकार ढाल्ने खेल अझ उत्कर्षमा लागेर माधव नेपाल सक्रिय भएमा एसका सम्मानित नेतासहितको टोलीले पार्टी फुटाउन सक्ने चर्चा चलेको हो ।

 

खनाललाई भावी राष्ट्रपतिको आश्वासनसहित एमाले र माओवादीले एस दल फुटाई दिनसक्ने चर्चा चलेको हो ।  त्यस्तो अवस्थामा माधव नेपालको पार्टी पनि नरहने र प्रधानमन्त्रीको सपना पनि तुहिन सक्ने चर्चा भइरहेको छ । एसकै नेताहरु अहिले यो चर्चा गर्दै हिडेका छन् । (साँघु साप्ताहिक, २०८१ वैशाख १७) 

प्रतिकृया दिनुहोस