• आइतबार-बैशाख-२३-२०८१

वैशाख २२ देखि ‘अन्तर कलेज फुटसल च्याम्पियनसिप’

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०८१ वैशाख २२ देखि जेठ ५ गतेसम्म ‘अन्तर कलेज फुटसल च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।


प्रतियोगिताका सबै खेल लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने एन्फा प्रवक्ता सुरेश शाहले बताए ।


  प्रतियोगितामा शिल्ड, प्रमाणपत्रसँगै विजेतालाई नगद पाँच लाख र उपविजेता टिमलाई नगद तीन लाख रुपैयाँ पुरस्कार छ । सबैभन्दा मूल्यवान् खेलाडीलाई नगद ५० हजार, उत्कृष्ट गोलकिपर र उच्चतम स्कोररलाई समान २५/२५ हजार रुपैयाँ छ ।


प्रतियोगितामा ११ र १२ कक्षासँगै स्नातक तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा कलेजले सहभागिता जनाएका छन् । सहभागी टिमहरुलाई चार समूहमा विभाजन गरि लिग कम नकआउट आधारमा खेलहरु खेलाइने जनाइएको छ ।


प्रतियोगिताको अनुमानित कुल बजेट ३० लाख रुपैयाँ छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस