• शनिबार-जेठ-५-२०८१

५ स्वर्ण र २ रजतसहित एपीएफ टिम बन्यो च्याम्पियन, दोस्रो नेपाल प्रहरी


काठमाडौं । नेपाल एपीएफ क्लबले प्रथम बीपी स्मृति खुला राष्ट्रिय सान्डा प्रतियोगिताको उपाधि जितेको छ । उसुको सान्डामा एपीएफले ५ स्वर्ण र २ रजत जित्यो ।

 

दोस्रो भएको नेपाल प्रहरीले ५ स्वर्ण र २ कांस्य हात पा¥यो । तेस्रो स्थानको नेपाल आर्मीले ६ रजत र ४ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाए ।

 

प्रतियोगिताको पुरुषमा एपीएफका रोहित चुनारा र महिलामा प्रहरीकी रीता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जनलगायतले पुरस्कार हस्तान्तरण गरे । ललितपुरमा भएको दुईदिने प्रतियोगितामा करिब एक सय खेलाडी सहभागी थिए ।
 

प्रतिकृया दिनुहोस