• शनिबार-जेठ-५-२०८१

माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु


गोदावरी (कैलाली), २२ वैशाख : कैलालीको  गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१  वर्षीया लक्ष्मी सिजापती रहेको जनाइएको छ । 

 

घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्नेक्रममा माटोको ढिस्कोमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिनुभयो । सिजापतीको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको उहाँले बताउनुभयो । 
---

प्रतिकृया दिनुहोस