• आइतबार-बैशाख-२३-२०८१

शान्तीश्रीको आवाज ‘आमा तिमीलाई’मा गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको पारिवारिक गीत आमा र आमाप्रतिको माया समेटिएको गीत ‘आमा तिमीलाई’ सार्वजनिक भएको छ । छोरा, छोरीप्रतिको विभेद, अहिलेको समाजले छोरीलाई कसरी हेर्छ भन्ने विषयलाई यस गीतमा उजागर गर्न खोजिएको पाइन्छ ।

गोविन्द नागिलाको शब्द सिर्जनामा बनेको गीतमा विवि अनुरागीले संगीत भरेका छन । गीतमा शान्तीश्री परियारको आवाज रहेको छ । गीतलाई नागिला नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।


  भिडियो उत्कृष्ट बनेको र नेपालको गाउँले परिवेशमा छायाँकन उक्त भिडियोमा छोरीले आमाको किरिया बसेको कथा बस्तु समेटिएकोको गीतका प्रस्तुतकर्ता गोविन्द नागिलाले बताएका छन् । नागिलाका अन्य ३ वटा गीतहरु अडियो तयार भैसकेको अवस्थामा रहेको र यसलाई दर्शकहरुले मन पराइदिनु हुने अपेक्षा समेत रहेको उनले उल्लेख गरे ।

 

उक्त गीतको भिडियोमा चर्चित नायिका शिल्पा पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन विष्णु खड्काको सम्पादन तथा सुव्रतराज आचार्यको निर्देशन रहेको छ ।


‘आमा जस्तो निःस्वार्थ माया संसारमा कसैले पनि दिन सक्दैन, त्यस कारण वृद्ध बाबा, आमालाई वृद्धाश्रम होइन मनको मन्दिरमा राखेर आदर साथ पूजा गरौं’ भन्ने सन्देश सहित उक्त गीत बजारमा आएको हो ।

 

प्रतिकृया दिनुहोस