• आइतबार-बैशाख-२३-२०८१

माधव नेपाल तत्कालै प्रधानमन्त्री बन्न खाेज्दा कसले हाल्याे छेकबार ?

    प्रधानमन्त्रीका लागि बार्गेनिङ गरेर एमाले र  माओवादीको गठबन्धनमा घुुर्की लगाइरहेका माधव नेपाललाई उनकै पार्टीका नेताले छिर्के हान्न थालेका छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपाल अहिले प्रधानमन्त्रीका लागि दोहोरो छलफलमा रहेकाे स्राेतकाे दावी छ। कांग्रेससँग गुप्त छलफल गरेर एमाले र माओवादीलाई तर्साउन खोजेका नेपाललाई उनकै पार्टीका सम्मानित नेता झलनाथ खनालसहितका नेताहरु विरोधमा देखिएका छन् ।

 

   वाम गठबन्धन भत्काउने खेलमा माधव नेपाल जोडिएको भन्दै एकीकृत समाजवादी पार्टीभित्र आलोचना बढेको स्राेत बताउछ । माधव नेपाललाई  राजेन्द्र पाण्डे, जगन्नाथ खतिवडा, प्रेम  आलेलगायतका केही नेता र सांसदले साथ दिएकाे बताइन्छ ।


   पार्टीमा छलफल नै नभएको विषय  भएको भन्दै प्रधानमन्त्री दावी गर्ने कुरा  माधव  नेपालको निजी कुरा भएको र त्यसलाई पार्टीले स्वीकार नगर्ने एसका नेताहरूले बताए । अहिलेको गठबन्धनको विकल्प नभएको भन्दै खनालले सार्वजनिक रुपमा नेपालको भूमिका र प्रयासको आलोचक देखिएका छन् ।


    स्राेत भन्छ, पछिल्ला दिनमा नेपालले व्यक्तिगत स्वार्थका लागि अहिलेको वाम गठबन्धन भत्काउने र आफू प्रधानमन्त्री भइहाल्ने लाइन लिएका छन् । त्यसमा कांग्रेसले मात्र होइन, भारतले पनि साथ दिएको छ । भारतीय खुफिया एजेन्सीका पात्रले माधव नेपाललाई त्यसरी उचालिरहेको भन्दै एस पार्टीभित्र र बाहिर चर्चा भइरहेको छ ।


    यही चर्चाका वीचमा माधव नेपालको सक्रियताले एकीकृत समाजवादीभित्र प्रश्न उठाएको हो । अहिलेको वाम गठबन्धन चीनसँग नजिक रहेको भन्दै  भारतीयहरु अहिलेको गठबन्धन भत्काउने खेलमा लागेका छन् ।

 

   वाम गठबन्धन भत्काउने खेलमा माधव नेपाल जोडिएको भन्दै एकीकृत समाजवादी पार्टीभित्र आलोचना बढेको स्राेत बताउछ । माधव नेपाललाई  राजेन्द्र पाण्डे, जगन्नाथ खतिवडा, प्रेम  आलेलगायतका केही नेता र सांसदले साथ दिएकाे बताइन्छ ।


  यता, झलनाथ खनालसहित घनश्याम भुसाल, रामकुमारी झाँक्रीसहितको टोली भने अहिलेको वाम गठबन्धन जोगाउनुपर्ने पक्षमा रहेका छन् । त्यसैले, एसभित्र   दुई धार रहेको र नेपाललाई छेक्ने प्रयासमा खनाल लागेका कारण प्रधानमन्त्री प्रचण्डलाई भने हाइसञ्चो हुन थालेको चर्चा पनि सुनिन्छ ।

(तस्बिर : सामाजिक सञ्जालबाट)

प्रतिकृया दिनुहोस