• आइतबार-बैशाख-२३-२०८१

ढुङ्गा प्रहार गरी आफ्नै दाइको हत्या गरेको अभियोगमा एकजना पक्राउ

 

कञ्चनपुर । आफ्नै दाइ ४० वर्षीय गणेश नेपालीको हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका-१ सृजना टोल बस्ने ३५ वर्षीय दिपक नेपालीलाई मिति २०८१ बैशाख १२ गते बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


दिपकले ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका गणेशको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस