• शनिबार-बैशाख-२२-२०८१

तात्न थाल्यो सामान्य प्रशासन मन्त्रालय : स्थानीयमा २९ अधिकृतले पाए जिम्मेवारी 

 

काठमाडौँ । ७ सय ५३ स्थानीय तह मध्ये करिब दुई सयमा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको गुनासो बाहिरिएको थियो । त्यसलगत्तै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २०८१ वैशाख ५ गते  मंगलबार २९ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएर गुनासो संबोधन गरेको दावी गरेको छ । लोकसेवा आयोग पास गरेका र फाइल बढुवा भएका २९ जना शाखा अधिकृतहरुलाई बिभिन्न जिल्लास्थित गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन÷कामकाजमा खटाएको मन्त्रालयले जानकारी दिएको छ ।


मन्त्रालयले अझै पनि मधेस र दुर्गमका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत चाहेर पनि खटाउन सकिरहेको छैन । स्थानीय तहका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत रोज्ने तथा कर्मचारी स्वयम्ले पनि आफू अनुकूलको सरुवा खोज्ने प्रबृत्ति बढ्दै गएको छ । राजनीतिक दल नै पिच्छेका कर्मचारी संगठन, टे«ड यूनियनहरुको दवाव, बिभिन्न मन्त्रालयका मन्त्री, सचिव र उच्चपदस्थहरूको  कर्मचारी सरुवा चासो राख्दै आएका छन् ।


स्थानीय तहका जनप्रतिनिधिहरुले वरिष्ठ अधिकृतहरुलाई टिक्न नदिएर कनिष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत दिएर स्थानीय तहलाई विकृत बनाउँदै आएका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रवाह र विकास निर्माणका काममा प्रत्यक्ष प्रभाव परेको गुनासो सुनिन्छ । सकेसम्म स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत रिक्त अख्तियार गरेको बताइन्छ ।
सोही नीतिलाई कार्यान्वयन गर्न यतिखेर मन्त्रालयको नेतृत्व सक्रिय ढंगले लागि रहेको स्रोतले जानकारी दिएको छ । सोही अनुसार मन्त्रालयले नवनियुक्त शाखा अधिकृतलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएसँगै मन्त्रालयको नेतृत्व तात्न थालेको भान निजामती प्रशासन सेवामा हुन थालेको स्रोत बताउँछ ।


अधिकृतलाई कुन कुन स्थानीय तहको जिम्मा ?
डोटीको आदर्श गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदमराज अवस्थीलाई खटाइएको छ । जाजरकोटको शिवालय गाउँपालिकामा रामु ज्ञवाली, काभ्रेको खानीखोलामा जीवन गैरे र सल्यानको कुमाखमा समीर गौतमलाई खटाइएको मन्त्रालयले जानकारी दिएको छ ।


यसैगरी, मन्त्रालयले गोपाल शाहीलाई डोल्पाको काईके गाउँपालिका र दिपेन्द्र भण्डारीलाई जुम्लाको कनकासुन्दरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाइएको छ । मन्त्रालयले डोटीको के.आई.सिं गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हिमाल डंगौरालाई खटाएको छ । बागलुङको निसीखोला गाउँपालिकामा जीवन पुनमगर र सर्लाहीको पर्सा गाउँपालिकामा योगेश कुमार यादवलाई खटाएको छ ।

 

यस्तै, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा विकाश बिके, सर्लाहीको रामनगरमा अमित कुमार साह र मकवानपुरको बागमती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पवन कुमार केशरीलाई खटाइएको मन्त्रालयले जनाएको छ । जाजरकोटको जुनीचाँदेमा हर्कबहादुर वली र सप्तरीको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सन्तोष रायलाई खटाएको बताइन्छ । अशर जीसीलाई अर्घाखाँचीको मालारानी गाउँपालिका, बाग्लुङको बडीगाड गाउँपालिकामा मुक्ति पौडेल र अछामको तुर्माखाँद गाउँपालिकामा भने ध्रवप्रसाद अधिकारीलाई खटाइएको छ ।


यसैगरी, काभ्रेको भुल्मु गाउँपालिकामा अर्जुन कुमार राउत, लमजुङको मस्र्याङ्दीमा विवेक रणपाल परियार र पर्वतको महाशिला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अभिनय अधिकारीलाई खटाएको मन्त्रालयले जनाएको छ । मनाङको चामेमा विनोद रेग्मी, काभ्रेको रोशीमा शिव प्रसाद भन्तना र म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भने मोती प्रसाद अर्याललाई खटाएको बताइन्छ ।


रोल्पाको माडीमा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा यज्ञ बहादुर भण्डारी, सिन्धुपाल्चोकको लिंसखुपाखरमा समीता थापा र ताप्लेजुङको मेरिङदेनमा भिमबहादुर सुब्बालाई जिम्मेवारी तोकेको छ । डोटीको पूर्वीचौकीमा विक्रम श्रेष्ठ, पर्वतको जलजलामा लोकराज खत्री, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा भने शर्मिला पौडेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाइएको मन्त्रालयले जनाएको छ । (साँघु साप्ताहिक, २०८१ वैशाख १०)
 

प्रतिकृया दिनुहोस