• बिहीबार-बैशाख-२०-२०८१

मस्कको सुझाव- रकेट एक-अर्कामा होइन, ताराहरुमा पठाउ

 

काठमाडौँ । स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच शान्तिको अपील गरेका छन् ।

 

आफ्नो एक्स ह्यान्डलमा आफ्नो सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको फोटो सेयर गर्दै मस्कले एक-अर्कालाई होइन, ताराहरूमा रकेट पठाउनुपर्छ भनेका छन् ।

 

इरानले आक्रमण गरेको ६ दिनपछि शुक्रबार बिहान इजरायलले इरानमा ड्रोन र मिसाइल प्रहार गरेको दाबी गरिएको थियो । तर इरानले भने इजरायलले कुनै आक्रमण नगरेको दाबी गरेको छ ।  

 

यहि अप्रिल १३ मा इरानले इजरायलमा ३०० भन्दा बढी मिसाइल प्रहार गरेको थियो । यस अवधिमा उनीहरूले इजरायलको नेभाटिम एयरबेसलाई निशाना बनाएपनि इजरायलले लगभग सबै आक्रमणलाई असफल बनाएको थियो ।
 

 

प्रतिकृया दिनुहोस