• बिहीबार-बैशाख-२०-२०८१

अर्थसचिव डा. कृष्णहरि पुस्कर कति दिन टिक्लान् ?

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राजश्व सचिव डा. रामप्रसाद घिमिरे र अर्थ सचिवमा डा. कृष्णहरि पुस्करलाई नै बजेटसम्म निरन्तरता दिने भएका छन् । मन्त्री पुनले चैतको पहिलो हप्ता अमेरिका नजान सचिव पुस्करलाई निर्देशन दिंदादिंदै उनी गएका थिए । त्यसपछि मन्त्री पुनको सचिव पुस्करसँग राम्रै खटपट परेको आशंका गरिएको थियो । तर, अमेरिका भ्रमणबाट फर्किएपछि मन्त्री पुन र सचिव पुस्करको खटपट र मनमुटाव केही शान्त भएको चर्चा मन्त्रालयभित्र चल्न थालेको छ ।


सचिव पुस्करले मन्त्री पुनलाई मलाई सरूवा गरेर नयाँ ल्याउने सचिवले मैले जति अर्थतन्त्र बुझेको र निर्देशन मान्ने नआउने भनेर सम्झाएको स्रोतले जानकारी दिएको छ । त्यसकारण मलाई नै निरन्तरता दिएको खण्डमा तपाईंको के इच्छा र माग के हो मैले नै पूरा गरिदिन्छु भनेपछि मन्त्री पुन सचिव हटाउने खेलबाट हाललाई पछि हटेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘अर्काे सचिव किन ल्याउनु हुन्छ, कानूनअनुसार गर्ने काम म आफैंले मिलाएर गरिदिन्छ’ भनेर विश्वास सचिव पुस्करले दिलाएपछि हाल उनको थमौती अर्थमै हुने संभावना रहेको चर्चा छ ।


यही कारण नयाँ बजेट र यो आर्थिक वर्षसम्मका लागि दुवैजना सचिव सरूवा नहुने भएको दावी स्रोतले गरेको छ । योसँगै मन्त्री पुनले १८ खर्बको बजेट सिलिङलाई बढाएर १९ देखि २१ खर्बसम्म पु¥याउने, आन्तरिक राजस्वको स्रोतलाई बढाउन भन्सार, आयकर, अन्तशुल्क र गैरकर राजस्वका दर बढाउने तयारी गरेको बताइएको छ । राजस्व असुली गर्ने नाममा उद्योगी–व्यवसायीहरूलाई अनावश्यक दुःख नदिने चाहना मन्त्री पुनले राखेका छन् ।


माओवादी केन्द्रको राजनीतिक प्रभाव बढाउन गत आम निर्वाचन जितेका क्षेत्र र जिल्ला तथा प्रभाव क्षेत्रहरूमा पर्याप्त बजेट बिनियोजन गर्ने योजना पनि मन्त्री पुनको रहेको स्रोत बताउछ । भन्सार र आन्तरिक राजस्व कार्यालयहरूका प्रमुखमा माओवादी केन्द्र निकटका कर्मचारीहरू प्राथमिकता दिएर सरूवा गर्ने विषयमा सचिव पुस्कर सहमत भएको स्रोतको दावी रहेको छ । मन्त्रीको आदेशलाई पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएकै कारण अर्थबाट लेखिटिने तयारीमा रहेका सचिव पुस्करलाई निरन्तरता दिने सोचमा मन्त्री पुन पुगेका छन् ।


स्रोत भन्छ, ‘सचिव पुष्कर नेपालको निजामती प्रशासनमा प्रभाव र शक्तिशाली सचिव मानिन्छन् । बोलिचाली, व्यवहार र कार्यशैलीमा अति सरल रहेका उनको आफ्नो कुनै निर्णय र अडान हुँदैन ।’ उनी जहिल्यै पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग जस्तो माथिको जे आदेश आउँछ, त्यसैलाई फ्लो गरी काम गर्ने कार्यशैली भएका सचिवमा दरिदै आएका छन् । त्यही भएर उनलाई प्रायगरी मुख्यसचिव, मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीले विश्वासमा लिएर काम लिने गरेको बताइन्छ । मातहतका कर्मचारीसँग पनि उनी झुकेर काम गर्न सक्छन् । (साँघु साप्ताहिक, २०८१ वैशााख ३)

प्रतिकृया दिनुहोस