• मंगलबार-बैशाख-१८-२०८१

सशस्त्र प्रहरीद्वारा २ सय ७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

 

बुटवल । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

 

मंगलबार नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई बिशेष सूचनाको आधारमा जाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाएर लुकाइछिपाइ लैजाँदै गरेको गाँजा सशस्त्र प्रहरीले फेला पारेको  हो ।

 

नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमाण्डमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर र चालक भारत घर भएका ३६ बर्षीय सतनम सिंहलाई नियन्त्रणमा लिएको हो ।

 

नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ ।

 

 

प्रतिकृया दिनुहोस