• बिहीबार-जेठ-३-२०८१

हमासलाई ४० दिने युद्धविरामको प्रस्ताव : बेलायती विदेशमन्त्री


रियाद, १७ वैशाख (रासस/एएफपी) : प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम र ‘सम्भावित हजारौं’ प्यालेस्टिनी कैदीहरूको रिहा गर्ने प्रस्ताव गरिएको बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले बताउनुभएको छ । 

 

मन्त्री क्यामरूनले रियादमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा प्यालेस्टिनी लडाकू समूहलाई ४० दिनको युद्धविराम र बन्धकहरूको रिहाईको बदलामा हजारौं प्यालेस्टिनी कैदीहरूको रिहाई गरिने प्रस्ताव गरिएको बताउनुभयो ।

 

हमासको एक प्रतिनिधिमण्डल सोमबार इजिप्ट जाँदैछ । यसले गाजामा युद्धविराम र लगभग सात महिनाको युद्धपछि बन्धकहरूको रिहाईको लागि पछिल्लो प्रस्तावको जवाफ दिने अपेक्षा गरिएको छ ।

 

“हमासले यो सम्झौताका लागि सहमति दिनेछ र स्पष्ट रूपमा भन्नुपर्दा विश्वमा सबै दबाब र नजर आज उनीहरूमाथि हुनुपर्दछ जसले गर्दा उनीहरूले सम्झौताका लागि तयार हुनेछन्,”उहाँले भन्नुभयो । “यो प्रस्तावले हामी सवैका आखामा अप्रिय ‘लडाईमा रोक लगाउनेछ,” उहाँले भन्नुभयो ।

 

इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीच भएको सम्झौतामा मध्यस्थता गर्ने प्रयास महिनौंदेखि गरिरहेका छन् । पछिल्ला दिनहरूमा कूटनीतिको उतारचढावले शत्रुतालाई रोक्ने दिशामा नयाँ धक्का दिएको देखिन्छ ।

 

बेलायती विदेशमन्त्रीले भन्नुभयो, “इजरायलसँग सहअस्तित्वमा रहेको स्वतन्त्र प्यालेस्टाइन दुई राज्य समाधानका लागि राजनीतिक क्षितिजको रेखा प्रस्तावमा सुनिश्चित गरिएको छ ।” उहाँले भन्नुभयो, “हामीले प्यालेस्टिनी जनताको राजनीतिक भविष्य हेर्नुपर्छ, तर हामीले इजरायलका लागि सुरक्षा पनि हेर्नुपर्छ अर्थात् यी दुई कुरा सँगसँगै जानुपर्छ ।”
---

 

 

प्रतिकृया दिनुहोस