• मंगलबार-बैशाख-१८-२०८१

‘प्रेमगीत’ पछि अलग भएका प्रदीप र सुदर्शनबीच अर्थपूर्ण सहकार्य

 

काठमाडौँ । चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ ।

 

मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ फिल्मका लागि लिखित सम्झौता गरेका छन् । यस वर्षको दशैंपछि छायांकनको तयारी गरिएको फिल्म प्रेम कथामा बन्ने बताइएको छ ।फिल्ममा प्रदीपको जोडी अभिनेत्री पूजा शर्मासँग बाँधिने समेत बुझिएको छ ।

 

प्रदीप र सुदर्शनबीच फिल्म ‘प्रेमगीत’ पछि सम्बन्ध चिसिएको थियो । तर पछिल्लो समय प्रदीप र सन्तोष सेनबीचको सम्बन्धका बारेमा समेत अनेक अड्कलबाजी चलिरहेका बेला प्रदीप र सुदर्शनबीच सहकार्य हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

यस फिल्म अघि सुदर्शनले अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई लिएर ‘रावायण’ बनाउँदैछन् । त्यस्तै प्रदीप पनि  'पुजार सार्की', 'एक्टर', 'पिताम्बर', 'ऐरी', 'एक्लो' जस्ता फिल्ममा काम गर्दै छन् ।

 

 

प्रतिकृया दिनुहोस