सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १७०० ले बढेर १ लाख ३९ हजार २०० कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस