• सोमबार-बैशाख-१७-२०८१

तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५० भन्दा बढी वेभसाइटमाथि प्रतिबन्ध

काठमाडौं । तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेबसाइटलाई प्रतिबन्ध लगाइएको छ । साइबर सेक्युरिटी फर्म ब्रेडशिल्डले उनीहरूलाई कारबाही गरेको हो ।

 

सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत योन केरेनले सामाजिक सञ्जाल प्लेटफर्म र बजारसँग सम्बन्धित ६ हजार ९०० भन्दा बढी अवैध औषधि हटाइएको बताए ।

 

जसमा भारतमा ९९२, इन्डोनेसियामा ५४४, चीनमा ३६४ र ब्राजिलमा ११४ औषधि छन् । ओजेम्पिक र जीएलपी–१ को अन्य नक्कली संस्करणहरूसँग जोडिएको घातक प्रभाव बेल्जियम, स्विटजरल्याण्ड, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तिमा नौ देशहरूमा रिपोर्ट गरिएको छ, जहाँ कम्पनीहरूले मोटोपना कम गर्ने दाबी गर्छन् ।

 

 

प्रतिकृया दिनुहोस