• सोमबार-बैशाख-१७-२०८१

एभर्टनको पोष्टमा चेल्सीको ६ गोल

 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले एभर्टनमाथि फराकिलो जित हासिल गरेको छ ।

 

गएराति सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई ६-० ले पराजित गरेको हो । चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए भने निकोलस ज्याक्सन र अलिफ गिलक्रिष्टले एक-एक गोल गरेका थिए ।

 

यो जितपछि चेल्सीको ३१ खेलमा ४७ अंक भएको छ र लिगमा नवौ स्थानमा उक्लिएको छ । त्यसैगरी एभर्टनको भने ३२ खेलमा २७ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ ।
 

 

 

प्रतिकृया दिनुहोस