• शनिबार-श्रावण-१२-२०८१

अस्ताए नेपालका भजन शिरोमणि भक्तराज आचार्य !

नेपालले भजन क्षेत्रका कर्मठ व्यक्ति गुमायो !

भक्तराज आचार्य नेपालका प्रमुख संगीतकारहरूमध्ये एक हुन् । उनको  संगीतले नेपाली सांस्कृतिक जीवनमा गहिरो प्रभाव गरेको छ । उनका गीतहरू आज पनि हाम्रो मनमा बसेका छन् । उनको आत्मा शान्ति प्राप्त गरोस् ।  

 

भक्तराज आचार्यको सदाबहार भजनहरूमा उनको आवाज र संगीतले नेपालीहरुको मनमा गहिरो प्रभाव गरेको छ । भक्तराज आचार्य (१९९९ असोज १६-२०८० फागुन १४) भजन शिरोमणिको उपनामले परिचित उनी एक नेपाली गायक र सङ्गीतकार थिए, जसलाई व्यापक रूपमा नेपालमा सर्वकालिक महान गायकको रूपमा चिनिन्छ ।     

 

भजन सम्राट अनुप जलोटाले भने झैं,


“इस संसार में सब मुसाफिर हैं, आते है


और जब ईश्वरका बुलावा आता है तो चल जाते हैं


आज जिसे शोक कर रहे है उने नया जीवन मिल गया होगा यही रीत है संसारका !“

 

नेपालका भजन शिरोमणि भक्त राज आचार्य प्रति हार्दिक श्रद्धाञ्जली !     


उनी नेपालको  धनकुटामा जन्मेका थिए I उनको असामयिक निधनले नेपालले होनहार भजन र स्वरका धनीलाई सँधैको लागि गुमाएको छ I  उनले करिब ४५० वटा गीत रेकर्ड गरेका थिए भने २५–३० वटा गीत रचना गरेका थिए। उनका दुई सुपुत्र  सत्यराज र स्वरूप राज पनि नेपाली सुगम सङ्गीतमा स्थापित गायक रहेका छन्।


उनको चर्चित गीतहरूमा : जीवन भनुँ त घात छ... ,मुटु जलिरहेछ, यो मन गलिरहेछ...,  जति चोट दिन्छौ देऊ मायालु..., सबै बेहोसी नशा पिएर..., हजार आँखा हेर्ने मेरी मायालुलाई......., भुल्नै सकिन त्यो क्षण मिलनको..., सबैबाट तिरस्कृत..., यो कथा सुरु गरेर..., आँसुजस्तो हो जीवन..., हजार सपनाहरूको माया लागेर आउँछ......, जहाँ छन् बुद्ध का आँखा, र कोही नगरोस् प्रेम अमर.... आदि प्रमुख छन् I


त्यसैगरि उनका चर्चित चर्चित भजनहरूमा : एकदिन मैले प्रभुसँग सोधेँ, तन मन बचनले, सब निदाए प्रभु, लौन अब मेरो प्रभु, जगत कि आमा, अन्नतदेखि बगिरहेको, जय गुरु गणपती मंगल मूर्ति, श्री राम प्रभुको चरणकमलमा, प्रेम प्रभुको शाश्वत धारा, बजिरहेछ बाँसुरी, भगवान जीवन नाऊ, भव सागरमा डुबी सकेँ म, रहेन छ केही, कति लिन्छौ परीक्षा भगवान, दु:खै दु:ख मिल्दा पनि, दुर्गे देऊ भक्त्ति मलाई, न धन त्यागेर त्यागी हुन्छ, हामी भुलेछौ धन जन मधले, हे मनमोहन मुरलीवाला, सजल सजल यो नैन भिखारी, राम यहीँ छन् श्याम यहीँ छन्, भगवान दर्शन कसरी पाऊँ?, इश्वर प्रभु नै अन्तर्यामी आदि प्रमुख छन् I


  उनको जीवनीमाथि 'आचार्य' नामक चलचित्र पनि बनेको छ । उनका तन, मन वचनले, कति लिन्छौँ भगवान् परीक्षा, दुर्गे देऊ भक्ति मलाई आदि दर्जनौं भजन पनि कालजयी छन् ।


उनलाई जिब्रोमा क्यान्सर भएको थाहा पाउँदा आचार्य रेडियो नेपालमा जागिरे थिए । यसरी स्वरमा समस्या देखिएपछि उनको गायन यात्रा टुंगिएको थियो । जीवनपर्यन्त संगीतमै समर्पित स्रष्टा हुन्-भक्तराज आचार्य ।  उनको योगदान र उनलाई जीवन्त बनाइराख्न सरकारले उचित कदम र व्यवस्थाको अपेक्षा गरौं ।


हार्दिक श्रद्धा सुमन नेपालीका प्रिय भजन शिरोमणि भक्तराज !

 

 

प्रतिकृया दिनुहोस