• शनिबार-श्रावण-१२-२०८१

नेपाली, नेपालको माया छ कि छैन : एक ब्याख्यात्मक टिप्पणी( गीतकाे भिडियाे सहित)

  गोपाल योन्जनको स्वर शब्द र संगीत रहेको देश प्रेमसंग सम्बन्धित गीत,  “नेपाली-नेपालको माया  छ कि छैन...” हो I  गोपाल योन्जनले धरै कालजयी गीत गएका छन्, संगीत दिएका छन् र स्वर सम्राट नारायण गाेपालसंग उनको मित नाता रहेको थियो I  उनले, अन्य धेरैको अतिरिक्त ,  हाम्रा  त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गर्दाका सहपाठी सुशन मास्केको गीतमा समेत संगीत दिएका छन् I सुशन उनलाई गुरु मान्छन् I


नेपाली नेपालको माया छ कि छैन
धेरै खेल्यौ नेपालको तिमी छाती माझ
तिम्रो छातीमाथि पनि नेपाल छ कि छैन

 

    सायद यो गीत उनले पंचायतकालमा लेखिएको हुनु पर्छ I  पंचायतकालमा छिमेकी मुलुक चाहे त्यो  दक्षिणको होस् वा उत्तरतिरको, संग केही खटपट भएमा रेडियो नेपालबाट राष्ट्रिय गीत लगातार घंकिन्थे I त्यस बेला संचारको साधनमा रेडियो नेपाल , गोरखापत्र , र  राईजिंग नेपाल, आ. वा. मात्र उपलब्ध थियो I


    प्रस्तुत गीतमा  गोपाल  योन्जनले नेपाल देश जहाँ मानिसले आफ्नो जन्मलियौ  त्यसको माया गर्छ गर्दैन भन्ने कुरा प्रश्नको रुपमा राखेका छन्  I  सायद तत्कालीन अवस्थामा  खुला रुपमा बोल्न लेख्ने स्वतन्त्रता थिएन I उनले नेपालीलाई नेपालको माया छ कि छैन भनि  सोद्धै  गर्दा नेपालमा धेरै राजनीति, आर्थिक , सामाजिक आदि कार्य गरेर प्रयोग नेपाली भूमि माथि गरेको कुरा भन्छन् योन्जन I


  नेपाललाई धरै प्रयोग गर्यौ तर तिम्रो अन्तस्करणमा नेपाल छ कि छैन वा नेपाललाई  केवल एउटा माध्यम बनाएको हो वा नेपालप्रति तिम्रो साँचिक्कै माया छ छैन भनि सोधेका छन् I यो प्रश्न सांकेतिक रुपमा सोधेका छन् तर यसको गहिराई तीब्र र गहिरो छ I

 

हाम्रा पुर्खा सतलजदेखि टिस्टासम्म हाँक्ने
हामी किन बाँच्नलाई अरूको मुख ताक्ने
पानी बिनै बाँच्न सक्ने हाम्रा बैनी आमा
आज छोरी लाज नबेच एक घुँट मदिरामा

 

    उनले विगत अर्थात् सुगौली सन्धि भन्दा अगाडिको कुरा उल्लेख गर्दै हाम्रा नेपाली पिता पुर्खाले नेपालको भूमि सतलज देखि पूर्वमा टिस्टा नदीसम्म रहेको नेपालको भूमि  र सो त्यत्रो क्षेत्रफ़ल् भूभाग  हाँक्न सक्ने क्षमता रहेको हाम्रो ईतिहास  र विगत छ  भने उनले आत्म गौरवका साथ भन्छन “हात मुख जोर्न समेत हामी किन अरुको मुख ताक्ने “अर्थात् अरुसंग ऋण लिने वा हामी अरु देशमा गई काम गर्ने भन्ने समेत हुन सक्छ I     


 विगतमा नेपाली  विभिन्न कठिन भौगोलिक अवस्थितिमा समेत महिलाहरु  कठिन अवस्थामा समेत पानी बिनै बाँच्न सक्ने हाम्रा बैनी आमा भनि सहनशीलता , कठिन परिश्रम र मेहनतको बारे बताएका छन्  प्रशिद्ध संगीतकार एवं गायक  गोपाल योन्जनले I
    नेपालीले यसबाट केही शिक्षा लिनु पर्दछ जहाँ अहिले विगतको तुलनामा संचारदेखि जीवन शैलीमा समेत धेरै सहजता छ भन्नुमा अत्युक्ति नहोला I  हुन त  हालै सार्बजनिक गरिएको आंकडा अनुसार, गरिबीको रेखा मुनि अझै करिब २० प्रतिशत नेपाली रहेका छन् I


    उनले अति  मार्मिक कुरा भनेका छन् “आज छोरी लाज नबेच एक घुँट मदिरामा” भन्ने शब्दबाट I आजभोलि सामाजिक अभियन्ता दुर्गा प्रसाईले भन्ने गरेको झैँ  पीडित नेपाली महिला बाहिर देशमा गएर डान्स बार र बेश्यालयमा बेचिनु पर्ने अवस्था  आउनु  हुँदैन I

 

यसमा सरकार र सम्बन्धित एनजीओ समेत सक्रिय हुनु पर्छ भने नेपालीहरु पनि सचेत , सजग र संवेदनशील हुनु पर्छ I  राम्रो तरिकाले प्रस्टसंग भनेका छन् गोपाल योंजनले  यी  कुरा I

 

नेपाली नेपालको माया छ कि छैन
त्यही पुर्खाको दुईचार थोपा रगत छ कि छैन
काँधमा हिमाल बोकी उठ्ने ताकत छ कि छैन
सारा नेपाल नेपालीलाई छाया दिन सक्ने
पृथ्वीको जत्रो तिम्रो छाती छ कि छैन


    विगतको हाम्रा पुर्खाहरुको वीरताको इतिहासको रहेको स्मरण गराउदै “त्यही पुर्खाको दुईचार थोपा रगत छ कि छैन” भनि भन्छन् I साथै उनले संसारको सर्बोच्च शिखर हिमाल रहेको देशको उचाईलाई सँधै माथि राख्न  सक्ने क्षमता चाहे त्यो राजनैतिक होस् , आर्थिक होस् वा सामाजिक- “काँधमा हिमाल बोकी उठ्ने ताकत छ कि छैन” भनि उनले सोधेका छन् मात्र होइन हौसाएका पनि छन्-त्यत्रो गौरवशाली इतिहास भएको मुलुक र हिमाल  जस्तो उच्चस्तर भएको मुलुकका जनताको हिम्मत र कामप्रतिको निष्ठा, लगनशीलतामा कमी हुने छैन I     


 नेपाल शान्तिपूर्ण सहस्तित्वका पन्च सिद्धान्तमा अडिग रहेको राष्ट्र जसले , “सारा नेपाल नेपालीलाई छाया दिन सक्ने पृथ्वीको जत्रो तिम्रो छाती छ कि छैन” भनि भनेका छन् I विशाल  हृदयका धनी हामी नेपाली सबै लाई न्यानो माया ममता दिन  बाँड्न सक्ने नेपाली किन कुण्ठित भएर बस्ने बरु छाती फुकाएर पुरुषार्थ गरेर नाम र दाम कमाउने तर्फ नेपाली उद्यत हुने पर्छ भने संदेश दिन्छन् यी पंक्तिले  I

 

देशको निम्ति मात्रै लड्ने खुँडा र खुकुरी
खिया पर्यो उचाल्न सक्ने हात छ कि छैन
नेपाली नेपालको माया छ कि छैन

 

 मुलुकको बृहत्तर हितको लागि लड्ने हातियार समेत प्रयोग गर्नु नपरेर खिया लाग्यो भने आवश्यक परे हातियारको सामना गर्न समेत तयार हुन सक्ने शक्ति  छ कि छैन भन्छन्-देशको निम्ति मात्रै लड्ने खुँडा र खुकुरी खिया पर्यो उचाल्न सक्ने हात छ कि छैन”  अर्थात् “आई लाग्ने माथि जाई लाग्ने” सामर्थ्य नेपालीमा छ भन्ने कुराको आत्मबोध प्रत्येक नेपालीमा हुनु आवश्यक र अनिवार्य छ I

 

शुक्र, धर्म, दशरथ चन्द, गङ्गालालको जस्तो
हाँस्दै बली चढ्न सक्ने शिर छ कि छैन
नेपाली नेपालको माया छ कि छैन


    मायाको अनुभव र अनुभूतिमा व्यक्त भएको भावना व्यक्तिभरण र व्यक्तिबाट व्यक्त हुने केही व्यक्तिगत अनुभूति र अनुभवको परिणाम हो। यसले अर्को मानिसलाई आफ्नो मायाको अनुभवलाई सम्बोधित गर्न सक्छ, तर यसको प्रमाणिकता वा अभिव्यक्ति सबैलाई एकरूप हुँदैन ।

 

तपाईंले भनेको सत्यता वा तपाईंको व्यक्त अनुभवले अर्काे व्यक्तिकाे अनुभवसँग यस्तो तुलना गर्न सक्छ। कसैले नेपालको माया अनुभव गरेको भएपनि, कसैले गरेनन् भनेर निश्चित गर्न सकिन्छ।


    मायाको अनुभव व्यक्तिभरण र व्यक्तिबाट व्यक्त हुने केही व्यक्तिगत अनुभूति र अनुभवको परिणाम हो, त्यसैले प्रत्येक व्यक्तिको अनुभूति वा अनुभवलाई मायाको अनुभवको आधारमा मान्यता दिन सम्भव छैन।

 

कसैले नेपालको माया छ भनेको आफ्नो पूर्ववत कुराकानी हो वा कसैलाई नेपालमा मायाको अनुभव हुने गरेको भएपनि, यसले नेपालको मायाको अस्तित्वलाई नै स्पष्ट रूपमा निरूपण गर्न सक्दैन।


    तपाईंले भनेको सामान्य प्रश्न गम्भीरताको अभावमा छन् जसले नेपाली नागरिकहरूको सामरिक, सांस्कृतिक, औद्योगिक, राजनीतिक, धार्मिक, भौतिक र सामाजिक रूपमा पारिवारिक र ऐतिहासिक कारणहरू बस्ने गरी नेपालको विभिन्न आयाम रूपमा अभिव्यक्त मायाको अर्थ र अनुभव व्यक्तिभरण र व्यक्तिबाट व्यक्त हुने केही व्यक्तिगत अनुभूति र अनुभवको परिणाम हो।


    यसले अर्को मानिसलाई आफ्नो मायाको अनुभवलाई सम्बोधित गर्न सक्छ, तर यसको प्रमाणिकता वा अभिव्यक्ति सबैलाई एकरूप छैन। तपाईंले भनेको सत्यता वा तपाईंको व्यक्त अनुभवले अर्काे व्यक्तिकाे अनुभवसँग यस्तो तुलना गर्न सक्छ। कसैले नेपालको माया अनुभव गरेको भएपनि, कसैले गरेनन् भनेर निश्चित गर्न सकिन्छ।


    मायाको अनुभव व्यक्तिभरण र व्यक्तिबाट व्यक्त हुने केही व्यक्तिगत अनुभूति र अनुभवको परिणाम हो, त्यसैले प्रत्येक व्यक्तिको अनुभूति वा अनुभवलाई मायाको अनुभवको आधारमा मान्यता दिन सम्भव छैन। कसैले नेपालको माया छ भनेको आफ्नो पूर्ववत कुराकानी हो वा कसैलाई नेपालमा मायाको अनुभव हुने गरेको भएपनि, यसले नेपालको मायाको अस्तित्वलाई नै स्पष्ट रूपमा निरूपण गर्न सक्दैन।

 

शुक्र, धर्म, दशरथ चन्द, गङ्गालालको जस्तो हासी हासी मुलुक र देश बसी को सुखको लागि आफ्नो बलि दिन सक्ने सामर्थ्य , हिम्मत र आट हुनु पर्ने कुरा को बोध गराउछन गोपाल योंजन ले I उनले यो राष्ट्रिय गीत रचेका , संगीत दिएको र गाएको पनि छ I “हाँस्दै बली चढ्न सक्ने शिर छ कि छैन, नेपाली नेपालको माया छ कि छैन” भनि नेपाली लाई झक्झकायएका  छन I   

 

प्रतिकृया दिनुहोस