• बुधबार-कार्तिक-७-२०८१

नेपालमा चाड पर्वमा चिया पार्टीको औचित्य : भ्रम र यथार्थ

सर्सरी हेर्दा विसं २०३३ मा तत्कालीन अवस्थामा कांग्रेसका नेता वीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको तत्कालीन अवस्थामा कार्यक्रमको संवेदनशीलता र सान्दर्भिकता अझ निक्कै थियो ।  


   (नेकपा एमालेकाे चियापानमा भेला भएका निम्तालुहरूकाे  दृश्य)

 

 प्रतिबन्धित अवस्थामा रहेको पार्टी , व्यक्ति र पार्टीका नेता माथि अनेक प्रकारका राष्ट्रद्रोह र अराष्ट्रिय तत्व भनिने अवस्था  र मुद्दा  अदालतमा विचाराधीन रहेको  अवस्थामा सान्दर्भिकता थियो । बी पी स्वयंको  स्वास्थ्य त्यति राम्रो नभएको अवस्था, वी पी, गणेशमान, मनमोहन अधिकारी  लगायत नेतालाई को को  भेट्छन भनि सीआईडी लगाईने अवस्थामा पंचायतका प्रधानमन्त्री सूर्य बहादुरले  वी पी ले आयोजना गरेको  चिया पार्टीमा जानुको अर्कै संदेश प्रवाह हुन्थ्यो I   

 
त्यसबेला त्यसको सान्दर्भिकता, औचित्य र महत्वलाई कम आक्न मिल्दैन I त्यसपछि गणेशमानले पनि यसको निरन्तरता दिए भने नेकपा एमालेले समेत यस्तो कार्यक्रम गर्ने गरेको छ I  


अहिले नेपाली कांग्रेसका सभापतिले उठेर रास्वापाका सभापतिलाई स्वागत गरे भन्ने सामाजिक संजालमा देख्दा कुनै नौलो कुरा भएन किनकि उनीहरु संसदमा गएको बेला दिनदिनै भेट्छन् वा बोलाएर समय मिलाएर पनि भेट्न सक्छन्, के पी, देउवा र प्रधानमन्त्रीलाई  एकै लहरमा सोफामा बसेको फोटोको कुनै संदेश दिन्छ जस्तो लाग्दैन I    


अहिलेको अवस्थामा खास गरी डिजिटल युगमा र अझ गणतन्त्र आईसकेपछि सामाजिक संजालको माध्यमबाट सेकेन्ड सेकेन्ड मै भेट हुने र आफ्नो विचार प्रवाह गर्ने अवस्थामा चिया पार्टी गरेर अनावश्यक अर्थात् पार्टीको शक्ति प्रदर्शन, ट्राफिक जामको अवस्था, १ लाख निम्तालु मात्र आए पनि चिया, समोसा, र कचौडी, भूजियाको ने रु  १००।- का दरले कुल हुन आउने रकम १ करोड रुपैया हुन्छ I सो रकम चियापानमा खर्च गर्नुको साटो गरिब र प्राकृतिक प्रकाेप जस्ता अन्य आवश्यक्तामा खर्च गरे वा बचत नै गरे पनि कसो होला  ?


समय अनुसार आफू र पार्टीलाई बदल्नुको सट्टा यसमा त झन् आपाधापी र को भन्दा को कम को स्थिति हुनु राम्रो हो या होइन ? यो छलफल को विषय हुन सक्छ I मानिसहरु खुला समाज र सामाजिक संजाललगायत सूचना प्रविधि र गणतन्त्रमा त्यसको सान्दर्भिकता तत्कालीन अवस्थासँग तुलना गर्दा के कस्तो देखिन्छ I पुनरावलोकन गर्ने बेला भएको हो कि ?


काठमाडौँमा  उच्च ओहदामा रहेका १० मध्ये ८ जना गाउँमा जन्मेक  छन् I  मुलुकको विकाशको केन्द्रविन्दुमा रहेका राजनैतिक दलका नेताहरू, प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै गाउँमै जन्मी हुर्किएका हुन् । नेपालका केही राम्रा उद्योग सञ्चालकहरू, राम्रो आम्दानी गरिरहेका ठेकेदारहरू, निजी विद्यालय तथा क्याम्पसप्रमुखहरू, सार्वजनिक संस्थानका प्रमुख सीईओ अनि थुप्रै सामाजिक संस्थामा काम गरेर राम्रो आम्दानी गरिरहेका विकासे कार्यकर्ताहरू समेत गाउमै जन्मेका हुन् ।


अधिकांश कुनै न कुनै रूपमा गाउँसँग सम्बन्ध भएका मानिस पार्टी कार्यकर्ताको लागि र सर्बसाधारणको लागि भने यस्तो चिया पार्टी नवीकरणको अवसर पनि हुन सक्छ जसमा गाउँ विकासको कार्य बारे कुरा गर्ने, चिया पार्टी इष्ट–मित्र तथा राजनैतिक र अन्य विधाका सदस्यहरूबीच पुनर्मिलनको प्रारम्भ हुन सक्छ I


२०७२ को संविधान लागु भए पछि यसले विगतका अन्यौलग्रस्त पर्वलाई बिर्साउन खोजेको महसुस हुन सक्छ भन्ने भ्रम धेरैमा थियो । यसो भन्दैमा हामीले तराईलगायत अरू विभिन्न क्षेत्रमा देखिएका समस्यालाई बिर्सिन मिल्दैन ।  


अहिले पनि तराईमा देखिएका समस्याले थुप्रै तराईवासी तथा तराईको बाटो हुँदै  पहाडतर्फ जाने नेपालीहरूको पर्व अप्ठ्यारोमा परेको छ । सरकारले यस्ता समूहलाई दसैं, तिहार र छठ जस्ता अवसरमा पर्व मान्ने जनताको अधिकारको रक्षा गर्न अपिल गर्नु अनिवार्य भएको छ ।


अब राजनैतिक रूपमा नेपालीको पर्व खास गरी दसैँ, तिहार, छठको रुप र सार पार्टी र व्यक्तिबीच संवैधानिक रुपमै फेरिएको छ । पहिले हामीले दसैँलाई हिन्दु अधिराज्यको अनिवार्य चाडका रूपमा मान्ने गरेको थियौं । त्यसैले यो राष्ट्रिय पर्व थियो ।     


२०७२ मा संविधानको निर्माणपछि नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको छ । अब यो राष्ट्रिय पर्वका रूपमा नरहेर  ९० प्रतिसत भन्दा बढी हिन्दुहरूको पर्वका रूपमा रहेको जस्तै छ ।  तथापि  स्वतन्त्र रूपमा मनाउन चाहनेहरूको सम्मान गर्ने परम्परालाई पनि  पहिलेजस्तै कायम रहन दिनेतर्फ पनि सबैले सचेत हुनुपर्छ ।  यसले नेपालीहरूभित्रै  विभाजनको रेखा कोर्नबाट रोक्न मद्दत गर्छ ।     


त्यसबाहेक जसरी सबै नेपालीले दसैँ, तिहार, छठको महत्वलाई स्वीकार गरेका छन्, त्यसैगरी ल्होसार, साकेवा,  छैठ, माघी, चासोक, तङनाम, इदजस्ता थुप्रै पर्वहरूलाई पनि महत्व  दिनुपर्छ । यसले नेपालीलाई सांस्कृतिक रूपमा एक बनाउन मद्दत गर्छ । यसको सांस्कृतिक धरोहरको रक्षा गर्नु आम नेपालीको कर्तव्य हो ।     


नेपाली जनताको आत्मीय पर्वका रूपमा विकसित गर्न यसलाई एकताको प्रतीक खुसीको चाडका रूपमै अघि बढाउनुपर्छ । यसलाई सधैं सांस्कृतिक  रूपमै हेर्नुपर्छ भन्ने मान्यता समयसंगै  परिवर्तन गर्दै लानुपर्छ । तर, सर्वसाधारण र भिडमा 'चिया पार्टी' कुकुरले गुडिरहेको कारलाई समात्न पछ्याइरहेको जस्तो नहोस् I


 चाडपर्वहरूले देशको सम्पदा, परम्परा र मूल्यमान्यताका विभिन्न पक्षहरूलाई मनाउँछन् र प्रदर्शन गर्छन् । तिनीहरूले सांस्कृतिक पहिचानलाई आकार दिन र मानिसहरूमा समुदायको भावना बढाउन महत्त्वपूर्ण भूमिका खेल्छन् ।


 यहाँ प्रश्न छ कि कसरी चाडपर्वहरूले देशको संस्कृति र अर्थतन्त्रलाई असर गर्छ: संस्कृतिमा पर्ने असरमा  परम्पराहरूको संरक्षण हुने गर्दछ I  चाडपर्वहरूमा प्रायः परम्परागत अनुष्ठानहरू, प्रदर्शनहरू र गतिविधिहरू समावेश हुन्छन् जुन पुस्ताहरूबाट अबलम्बन गरिएका हुन्छन् ।


 तिनीहरूले सांस्कृतिक अभ्यासहरू र चलनहरूको निरन्तरता सुनिश्चित गर्दै युवा पुस्ताहरूमा सांस्कृतिक ज्ञानको संरक्षण र प्रसारण गर्न मद्दत गर्छन् । सांस्कृतिक आदानप्रदान र समझदारी अन्तर्गत चाडपर्वहरूले विभिन्न क्षेत्र र पृष्ठभूमिका मानिसहरूलाई आकर्षित गर्दछ, सांस्कृतिक आदानप्रदानलाई बढावा दिन्छ र विविध समुदायहरू बीच आपसी समझदारीलाई बढावा दिन्छ । यसले अन्य संस्कृतिहरूको लागि सहिष्णुता र प्रशंसा बढाउन सक्छ ।     


 राष्ट्रिय पहिचानको सुदृढीकरणमा  राष्ट्रिय चाडपर्वहरूले देशको एकता र पहिचानलाई सुदृढ बनाउन सक्छ । तिनीहरू ऐतिहासिक घटनाहरू वा महत्त्वपूर्ण राष्ट्रिय व्यक्तित्वहरूको अनुस्मारकको रूपमा सेवा गर्छन्, साझा राष्ट्रिय गौरव र देशभक्तिलाई बढावा दिन्छ ।


 साथै, चाडपर्वहरूले देशको संस्कृतिलाई आकार दिन, समुदाय र पहिचानको भावनालाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेल्छ र पर्यटन प्रवर्द्धन, स्थानीय व्यापार प्रवर्द्धन र रोजगारीका अवसरहरू सिर्जना गरेर महत्त्वपूर्ण आर्थिक लाभ लिन सक्छ। तिनीहरू देशको सामाजिक र आर्थिक अवस्थाको एक आवश्यक पक्ष हुन्।


चाडपर्वहरू नेपाली संस्कृतिको महत्त्वपूर्ण भाग हुन् । र, यसले नेपाली अर्थतन्त्रमा ठूलो भूमिका खेल्छ । कसरी ? चाडपर्वको समयमा सामान तथा सेवाको माग सामान्य दिनभन्दा बढी हुन्छ । उपभोग गर्ने क्षमता (उपभोग दर) उच्च हुन्छ , यसले आपूर्ति पक्ष पनि बढाउँछ।

 

त्यसैले उत्पादकहरूले बढी उत्पादन गर्न सक्षम हुनु पर्ने हुन्छ भने आयात पनि उल्लेख्य रुपमा बढेको हुन्छ । त्यस्तै बुद्धिमानी जनताले पनि चाडपर्वमा बढी खर्च (क्रय शक्ति) गरेर बजारको अवस्था राम्रो बनाउँछ । यसको उत्कृष्ट उदाहरण दसैँ, तिहार, छठ र अन्य पर्व हुन्  ।


फलफूल, मिठाई , खसी, बोका, राँगा, माछा, माटोको बत्ती, बिजुली बत्ती र सजावटको ठूलो माग हुने गर्दछ । अर्कोतर्फ मिठाई, चकलेट र अन्य उपहार जस्ता उपहारहरूको पनि ठूलो माग हुन्छ । त्यस्तै नेपाली परम्परागत मिठाई जस्तै लाखा मरी, अस्र्सा, अनार्सा, फिनी, सेल आदी  को माग पनि उत्कर्षमा हुन्छ । यी सबै बिक्रेता/क्रेताहरू आर्थिक गतिविधिको हिस्सा हुन्।


कुनै देशको जीडीपीमा चाडपर्बको योगदानले विकासको नेतृत्व गर्दछ र कहिलेकाहीं सुस्त हुन पनि सक्छ। त्यसैले देशको आर्थिक गतिविधिमा चाडपर्वहरूले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ । चाडपर्वको मौसममा निम्न कुराहरू देखिन्छ : विशिष्ट वस्तु र सेवाहरूको माग र आपूर्तिमा अचानक वृद्धि उच्च खपत दर अर्थात् खर्च गर्ने क्षमता उत्पादन र निर्माण को केहि क्षेत्रहरुमा अचानक शिखर क्रय शक्ति बढ्छ I

 

चाडबाडमा हुने कालोबजारी अर्को विसंगति हो । चाडबाड मूलतः धार्मिक र सामाजिक प्रक्रिया हो । अहिले आएर त्यसमा विकृति देखिन थालेको छ । गहना प्रदर्शन, जुवातास वा मदिरा सेवन सामान्य सरह हुन थालेको छ ।
   

प्रतिकृया दिनुहोस