भैरव नाथ रिमाल कदमको रचना तथा नारायण गोपालको संगीत र स्वरमा गाईएको , “जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ, सौन्दर्य बनि त्यो सँधै मेरो आँखामा लुकेछ” भन्ने बोलको गीत नारायण गोपालका निकै लोकप्रिय गीतहरु मध्ये एक हो I यसमा रचनाकारले प्रेमभावको प्रतिबिम्ब र त्यसबाट पर्न गएको प्रभाब एवंम् असर र चोटको बारेमा बडो प्रष्ट र गहिरो ढंगले प्रस्तुत गरेका छन् I
रचनाकारले रचेको गीतमा स्वर सम्राट नारायण गोपालले आफ्नो स्वरले निक्कै गहिराई दिएका छन् I जति पटक सुन्यो त्यस गीतले प्रत्येक पटक नयाँ नयाँ आयाम, खुसी र विरहको गहिराईलाई पछ्याउद्छ I
प्रस्तुत गीतमा कुनै प्रेमीले मन पराएकी प्रेमिकालाई अरु कसैसंग विवाह गरेको वा प्रेम प्रसंग टुटेको वा आफूले मन पराएको बस्तु नपाएको बारेमा भन्न खोजेको छ I फूलको सौन्दर्य आफू फूलमा हुँदा राम्रो हुने गरेको र त्यो फूललाई बोटमा फुल्न नै नदिई टिपेर अरुलाई दिएको भन्ने दुखान्त कुरा भनेका छन् I
मानिसका अनेक चाहना हुन्छन, भनिन्छ, “आवश्यकता सुन्दर हुन्छन् तर चाह वा इच्छाहरू कुरूप हुन्छन”आवश्यकताहरु शारीरिक हुन्छन् इच्छा र चाहना हरु मनोवैज्ञानिक हुन्छन् I अर्थात् Needs are Beautiful desires are ugly! Needs are physiological desires are psychological .
त्यसो भएको हुनाले इच्छा वा चाहहरु कुरूप हुने हुँदा कुनै चिजलाई चाहना गर्नु र नपाउनु मा कुनै दुख हुनु हुँदैन I जीवन एक चक्र हो I यदि कुनै अति आवश्यक र नभई नहुने चिज बस्तु भए त्यो पाउन कोसिस गर्नु ठिक हो तर आफूले चाहना गर्ने तर पाउन नसके बस्तु सेवा वा प्रेम नपाउदाको दु:ख , पीडा र त्यसको अनन्त गहिराईको वर्णन गरेर साध्य हुँदैन I
आफूले त्यो बस्तु, प्रेमबाट बन्चित हुनु परे पनि त्यो सधै आफ्नो दृष्टिमा सँधै पुजनीय र आदर गरिएको कुरा “सौदर्य बनी त्यो सधै आँखामा लुकेछ'' भन्ने वाक्यबाट आफूले त्यो मन परको बस्तु आफूले नपाए पनि त्यसप्रतिको अगाध माया, स्नेह र प्रेमप्रति सदा सम्मान रहेको बताएको छ I
आफूले सुख र दु:ख, उकाली ओराली, नकारात्मक र सकारात्मक दुबैलाई एक मानि उनैलाई सबै थोक मानेको थिए I भनिन्छ दु:खलाईपनि अभ्यास गर्यो भने सुखको अनुभूति हुन्छ I
जीवनमा सुख र दु:ख त्यही प्रेमी, प्रेमिकाले दिने छन् भन्ने भ्रममा परेको कुरा बढो जोडदार ढंगले भनेका छन् रचनाकार र गायकले I जसलाई आफ्नो जीवनको एउटा आधार मानेको थियो त्यो नै नपाउदाको पीडा पोखेका छन् दुबैले I
दिन र रात कुनै पनि बेलामा आफूसंग नहुने गरि वा आफूबाट सो बस्तु ,प्रेम, प्रेमिका टाढा भएर गएको वा छिनिएको दु:ख र पीडाबोध पोखेका छन् I आफूले चाहेको बस्तु , प्रेम र सम्बन्धलाई सँधै आफैसंग र आफ्नै सानिध्यमा राख्ने अभिप्राय सबैको हुन्छ I यो एक मानवीय गुण वा शक्ति वा कमजोरी जे भने पनि I मानिस जन्मे देखि नै स्वामित्व को प्रकृति यस्तो हुन्छ कि आफूले मन पराएको बस्तु, प्रेम, प्रेमिका सँधै आफैसंगै अझ भनौ,चौबिसै घण्टा, पुरै हफ्ता, २४/७ आफैसंग होस् I विवाह भएर वा अन्यकुनै कारणबाट बस्तु, प्रेम, प्रेमिका टाढा हुँदा त्यो बिछोड उसले चाहेर वा नचाहेर पनि जीवनभर बिर्सन सक्तैन I हो क्षणिक् केही काममा वा अन्यमा उसले केही समय र दृष्टि अर्कोतिर जान सक्छ I तर आफूले चाहेको बस्तु, प्रेम , प्रेमिका टाढा हुँदाको पीडा बोध अवर्णनीय हुन्छ I
(सुख र दु:ख संगाली दिने जीवनमा त्यै थियो) २
दिनरात अब म देखि टाढा भएर गैदियो
मन पराएको बस्तु , प्रेम, प्रेमिका पनि नचिनेको, नदेखेको, नबुझेको एक बिरानो व्यक्ति जस्तो प्रत्यक पलपलमा मुटुको धड्कन झैँ धकधक गरि चलिनै रहेको हुन्छ I यो बाध्यता र विवसता हो भन्नुमा अत्युक्ति नहोला I यसै क्रममा आफूले चाहेको बस्तु , प्रेम, प्रेमिका बारे पुरानो कुराको स्मरण हुनु कुनै नौलो कुरा होइन I र, बिर्सन सकिने कुरा पनि होइन I जस्तो बच्चा बेलामा पढेको क, ख ,..., १, २, ३,.... साइकल चढेको आदि बिर्सिन्छु भने पनि बिर्सिन सकिन्न त्यो मनोभाब झल्काएका छन् I त्यो पुरानो कुराले मन त्यसै निरश हुन्छ भनेका छन् I
बिरानो बनि प्रत्येक पल मेरो यो मुटु धड्किन्छ
बितेका तिनै पुराना कुरक् सम्झाई तड्पिन्छ
(बाँचि नै रह्यो केबल चाहिं मुटुमा चोट पारी) २
आफ्नो मनको हित चिताउने माया ममताकी खानी रहेको त्येस्तो बस्तु, प्रेम, प्रेमिकालाई नपाए पनि त्यसबाट भएको पीडा बोधलाई कम गर्ने वा बिर्सिने कुनै बस्तु नरहेको समेत स्पस्ट रुपमा भनेका छन् , “चर्केको मायाँ जोडिदिने फेरि बस्तु नै के छ र” भन्ने वाक्यांशले I साथै यस्तो कुरा सबैलाई भन्ने कुरा पनि भएन I “दिएर आफ्नो हुने र लगाएर चिल्लो हुने'' भए संसार कस्ताे हुन्थ्यो होला I
यसरी आफूले मुटुको ढुकढुकी सरह माया, प्रेम गरेको बस्तु नपाएपछि “भनेर के गर्ने गरेर देखाऊ भन्ने उक्ति “ वा हिन्दीमा , “ कह कर क्या करोगे करके दिखाओ'' भन्ने उक्ति सार्थक हुन्छ I अतिनै मन छुने यो गीतका रचनाकार , संगीतकार र गायकलाई मनमनै नमस्कार छ I
त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी
चर्केको माया जोडिदिने फेरि बस्तु नै के छ र
मनमा रहे विरह ब्यथा भन्नु नै के छ र
जुन फूल मैले चाहेको थिएँ....
प्रतिकृया दिनुहोस