• बुधबार-कार्तिक-७-२०८१

सेनाको ट्यांक नै चोरी भएपछि...

 

इजरायलमा चोरले सेनाको बख्तरबंद ट्यांक नै चोरी गरेका छन् । एलिकिम इन्टरचेन्ज नजिकै इजरायली डिफेन्स फोर्स (आईडीएफ) प्रशिक्षण बेस क्याम्पमा राखिएको ट्ंयाक नै चोरहरुले चोरेका हुन् । त्यस क्षेत्रमा सामान्यतया मानिसहरु प्रवेश गर्न सक्दैनन् । तर चोरहरुले सहजै उक्त टं्याक नै गायब पारेका छन् । पछि प्रहरीले शहरभन्दा करिब २० किलोमिटर टाढाबाट सेनाको उक्त ट्यांक फेला पार्न सफल भएका थिए । करिब ६५ टन तौल भएको उक्त ट्यांक हराएपछि हल्लीखल्ली मच्चिएको थियो । इजरायलको सैन्य इतिहासमा यो विचित्रको घटना पनि भएको छ ।

 

प्रहरीले संदिग्धहरुलाई पक्राउ पनि गरेको बताएको छ । प्रहरीको जाँच पश्चात उक्त ट्यांक सरकारकोविरुद्धमा प्रदर्शन गर्नका लागि चोरी गरिएको बताइएको छ । योभन्दा पहिले पनि प्रदर्शनकारीले एक स्मारक स्थलबाट ट्यांक चोरी गरेका थिए । सामान्य स्थानबाट ट्यांक चोरी गर्नु सामान्य नै हो, तर सैन्य केन्द्रबाट नै ट्यांक चोरी भएपछि चिन्ताको विषय बनेको बताइएको छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस