• शनिबार-श्रावण-१२-२०८१

तानसेन (पाल्पा)को बदलिंदो चित्र(५): पाल्पा–तानसेनले बिर्सिनै नहुने व्यक्तित्व(१)

 

पाल्पा तानसेनका गोपीकृष्ण गुरुले नेपाली ब्याकरण, राम  प्रसाद गुरुको “मेरो प्यारो ओखलढुंगाको साधारण र श्रृंगार रसमा  ब्याख्या”, कृष्ण बहादुर सरको अंग्रजी करेक्सन गर्ने तरिका, ड्रिल  मास्टरको शारीरिक ब्यायाम, मंगल मास्टरको प. प. स्कुलमा निर्देशनालाय, एसएलसीको फर्म  भर्दा कक्षा नौ मा प्रेम उदास सरले सबैको जन्म मिति अंग्रेजीमा रुपान्तरण गर्ने जस्ता कुरा रमाइलो परिघटना हो । बसन्तपुर टोल निवासी झमेन्द्र सर एस एल सीको सुप्रिन्टेन्डेट र जेभीटीको प्रधानाध्यापक भएर सफल भै नाम, तक्मा र इज्जत  कमाए ।  

 

साथै,  तानसेनलाई तानसेन बनाउन शिक्षक गुणाकर भट्टराई, मालती र प्रेमकुमार भट्टराईहरुको ठूलो योगदान रहेको छ ।  पछि उनी मणिग्राममा बसे । जेभिटी स्कुलको रजत जयन्तीमा आएका थिए ।   तानसेनका रत्न लोकेन्द मान सिंहले बनारसमा बी एच यु मा काम र नाम  कमाए । बीपी कोइरालासंग भित्र कुरा गर्दा बाहिर गिरिजा कोइराला कुरेर  बस्थे भन्ने सुनेको हो । पछि यो अवस्थाको सम्झना आउने ठानी सकेसम्म उनले लोकेन्द्रसंग भेट्न नचाहने कुरा पनि गर्दथे ।   भुपेन्द्रजंग केसी (बोहरा मास्टर), तरुलता रायमाझीहरुको कम योगदान छैन ।

 

सूर्यलालले पनि राजनैतिक वृत्त र शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेकै हुन् । मुख्यसचिब माधव घिमिरे, का .मु र सचिब हुनेमा हित सिंह श्रेष्ठ, रामचन्द्र मान, दामोदर रेग्मी, आदिले पनि देश र स्थानीय विकासमा केही न केही  गरेकै छन् । “पाल्पाली संगम”का पदाधिकारी र सदस्यहरु, मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष  तथा सर्बोच्चका प्रधान न्यायाधीश खिल राज रेग्मीले समेत आफ्नोकालमा यस पाल्पा क्षेत्रका लागि बजेट राखेकै हुन् ।

    

अब आर्थिक कुरा गरौं :


 तानसेनको समग्र विकासमा आर्थिक मेरुदण्डका रुपमा परिचित मणिध्वज मास्के, गोविन्द वैद्य, सेठहरुमाः  मथुराप्रसाद मास्के, हरिहर प्रधान, भगवतीप्रसाद प्रधान, डा. महेन्द प्रसाद प्रधान, केवलप्रसाद, किस्मतबहादुर, भव नेपाल रायमाझीहरुका सन्ततिहरुले पुर्खाले आर्जेको गौरवलाई अक्षुण्ण राख्नुपर्ने बेला आएको मत राख्नेहरुको संख्या उल्लेख्य छ । नेपाली उद्योगी र उद्यमशीलताको उदाहरण बनेको “नांग्लो”का श्याम र गोपाल कक्षपति नेपाल कै गौरब हुन् ।


कम्पाउन्डर श्यामकृष्ण मल्ल तथा उनका छोराहरुले  स्वास्थ्य  र इन्जिनीरिंग क्षेत्रमा  पु¥याएको योगदान अविस्मरणीय  छ । संयुक्त राष्ट्र संघका उपमहासचिव कुलचन्द्र गौतम पनि पाल्पाकै उपज हुन् । उनीबाट पनि पाल्पाले केही अपेक्षा राखेको छ । पुस्कर रेग्मी र राजेन्द्र गोपाल सिंहले तानसेनमा आफ्नै सक्रियतमा संग्रहालय र पाल्पा साहित्य समाज आदि कार्य गरेका छन् । केदार लाल श्रेष्ठ , राजेश्वर  प्रसाद उदय , विजय उदय पाल्पाली आदिले आआफनो क्षेत्रमा  पु¥याएको योगदानको ब्याख्या गर्न र सबैको नाममात्र लेखन पनि सम्भब नहुने रहेछ । फुटबलमा प्रकाशले कर्नरबाट  हानेको गोल, दरबारभित्रको चोकमा   ब्याडमिन्टनमा खेलेको खेल, विजय प्रधानको उचाई र उनले भलिबलमा हान्ने सर्ट सदा स्मरणीय छ ।

   
भारती मास्टर ( ईन्द्र लाल भारती ), राधा भारती,  डायमण्ड शमशेर, वनमाली निराकार, विधानचन्द प्रधान, ठाकुर  मल्ल, शम्भुरत्न मुनन्कर्मी, महेन्द्र मुनन्कर्मी, रमेश मुनन्कर्मी, ज्ञानु मल्ल, तुम्ला लाकौल, जुनु मल्ल (थापा), शान्त शाक्य, निलम गोंगललगायत तानसेन गुठीका पूर्व पदाधिकारी र शान्ता श्रेष्ठ जस्ता अनेकौं व्यक्तित्व, विद्यानहरु पाल्पाले पाएको छ । देश  र पाल्पाले केही न केही  योगदान पाएकै छ । संधैँ पाल्पा र तानसेनको विकासकै लागि चिन्तन गर्ने गंगा मास्टर र बैकुण्ठ लाकौल जस्ता मान्छेहरु पाल्पामा फेरि जन्मिँदैनन् ।


साथै, डा. यादवप्रसाद पन्त, डा. देवेन्द्रराज पाण्डे, डा. हरिहरदेव पन्त र योगेश्वर पन्तजस्ता  विशिष्ट व्यक्तित्व पाल्पासँग गाँसिएका नामहरु हुन् । एकताका त्रिरत्न बज्राचार्य, झलकमान गन्धर्व, पूर्ण नेपाली, हरि हितमाया मन थकालीहरुले पाल्पाली स्वर घन्काएका मात्र थिएनन् बरु नृत्यमा समेत दख्खल थियो ।  उतिबेला गर्भेराम, हेट्टाराम र बोकेरामहरु मिलेर पाल्पाली सांस्कृतिक क्षेत्र तताएका थिए । मीन  बहादुर मास्टरको कब्बाली हाम्रो पुस्तामा कसले बिर्सेको होला र ! त्रिभुवन  कलेजको सेक्रेटरी, गरिब गुरुबा’हरुलाई निशुल्क र कम शुल्कमा जाँच्ने र औषधि वितरण गर्ने कविराज  दशरथमान सिंहले पु¥याएको योगदान उनले आफ्नो पुस्तक, “त्यो समय त्यो परिवेश’’मा लेखेका छन् ।

 

दशरथ मान सिंह र औषधोपचार पर्यायबाची थियो तत्कालीन अवस्थामा । उनकै सहयोगी गोर्खेकोट निवासी मीन बहादुर श्रेष्ठ पनि अति मिलनसार, स्वास्थ्य सेवामा दख्खल भएको व्यक्तिले समेत घरघरमा गएर  स्वास्थ्य सेवा उपलब्ध गराएको  स्मरण हुन्छ ।  हुतेन्द्रमान सिंह, मुतेन्द्रमान, पूर्णमान सिंह  कुल्दिप्त मान सिंह, मानबहादुर, पुरन मेडिकलका  पूर्ण र उनको पिता, चन्द मेडिकलका चन्द्र र विश्व र उनको भाई , बेलभक्त, शिव राम प्रधानांग आदिले स्वाथ्य र गाउँ गाउँमा गइ पु¥याएको योगदान तत्कालीन समयमा निकै महत्वपूर्ण थियो ।

 

 बेलभक्त आफैले  समेत औषधि उत्पादन गर्दथे । भजन र हार्मोनियमका सोखिन सिल्खानको त्यो बाटो  हिड्दा भजन श्रवण गर्ने, गुलियो र नुनिलो पाचक किन्ने हाम्रो बानी जस्तै भएको थियो ।  साथै, त्यस्तै मेहनती नौनिधिमान र उनकी श्रीमतीले बेच्ने सोडा, पाचक, संखत्रा, बसलोचन  आदि पोका पारेर पसलमा झुद्यएको, कुड्छे घरमा सोडा र पाचक आदि बेच्ने धेरैको मानसपटलमा ताजा हुनु पर्छ । 


  उनकै पुत्र शुक्लमानले विषम परिस्थितिमा नवलपरासीमा स्वाथ्य सेवा पु¥याएको, गृहमान राष्ट्रिय अभिलेखालयमा कागज डाक्टर भएको देखिन्छ । राजमान सिंह सरकारी सेवाबाट स्वास्थ्य  सेवा पुर्‍याएका थिए । धरणी मानले मत्स्य  विकासमा गाउँ गाउँमा बसी  व्यावसायिक मत्स्य पालन र अनुसन्धानमा योगदान  दिए । बी के मान एकजना मुटु रोग विशेषज्ञ  र अर्को चार्टर्ड  एकाउन्टेन्ट भै सेवा दिए ।

 

शक्तिमानले आईटीसीमा, शम्भु मान सिंह दन्त रोगको निराकरण र उपचार र उपेन्द मानले पशु चिकित्सामा लामो योगदान गरे । अच्युतमान सिंहले सिंचाई क्षेत्रमा सरकारी स्तर  र विकास साझेदारको हैसियतमा योगदान  दिए । पी चन्द्र हस्पिटल र युनाइटेड हस्पिटलले पु¥याएको योगदान समेत महत्वपूर्ण रहेको छ ।   


 जमुना श्रेष्ठको कपडा पसलमा जाँदा “सबैले जंगलमा सोझो रुखै काट्छन बांगो काट्दैनन्” भन्ने सुनेको बाल मनोविज्ञानको असर परिरहने रहेछ । बसन्तपुर टोलको कपडा  पसल,  बगाले  शाक्यहरुको पसल, नयाँ रिडी वाल दुकानको नामबाट चलाईएको निर्मल श्रेष्ठको पसलमा राखिएको च्यानल गेट पनि नौलो लाग्ने थियो ।  


भगवती टोलको “झीँ” पसल, नन्दलाल फत्तेलालको किराना पसल, बृष बहादुर टिका बहादुरका आँगनमा ठूलो कराहीमा लुम्पेकी घ्यू तात्दा आधा तानसेन बसाउँथ्यो भने भीम बहदुर र युगलको दुकान नै   तत्कालीन अवस्थामा तानसेनको लागि  लबीम मल, भाटभटेनी  र डिपार्टमेन्टल स्टोर थियो  । कृष्णलाल, दुर्गालाल (रिडिवाल) साहुहरुले नयाँ दुलही सजाउन उधारो कपडा दिएर पाल्पावासी गरिब जनता खासगरी मगर समुदायको मन जित्न सफल भएका थिए ।  

(२०८० असाेज ८ गतेकाे अंकमा ''ए कान्छी तानसेन डुल्न जाऊ है ...'')

प्रतिकृया दिनुहोस