• बुधबार-कार्तिक-७-२०८१

कोशी प्रदेशमा एमाले-एकीकृत समाजवादी नजिकिंदै : संकटमा माधव नेपाल पक्ष

झलनाथसहितका नेताहरु एमालेसँग मिलेर प्रदेशमा सरकार बनाउने प्रयास ?

काठमाडौं । कोशी प्रदेशको सरकारमा बहुमत पुर्याउने प्रयासमा रहेको एमालेसँग एकीकृत समाजवादी पनि नजिकिने संकेत देखाएको छ ।

 

राई एमालेसँग मिलेर सरकार आलोपालो चलाउने पक्षमा रहेका छन् । तर, अध्यक्ष माधव नेपाल सत्ता गठबन्धन भत्काउन नहुने भन्दै राईलाई रोकिरहेका छन् ।

 

अध्यक्ष माधव नेपालको लाइन नमिले पनि संसदीय दलको नेता राजेन्द्र राई भने सरकार बनाउने पक्षमा रहेका छन् । आलोपालो मुख्यमन्त्री हुने एमाले प्रस्तावबाट हौसिएका राजेन्द्र राईले केन्द्रमा पनि दबाब बढाउन थालेका छन् ।


  केही महिनाअघि देखि नै एमाले नेताहरुसँग अनौपचारिक छलफलमा रहेका राई एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक पनि बहिस्कार गरेका थिए । पार्टीको सचिव रहेका राईले असन्तुष्टि जनाएर नै भदौको पहिलो हप्ताको केन्द्रीय कमिटी बैठक बहिस्कार गरेका थिए ।

 

राई एमालेसँग मिलेर सरकार आलोपालो चलाउने पक्षमा रहेका छन् । तर, अध्यक्ष माधव नेपाल सत्ता गठबन्धन भत्काउन नहुने भन्दै राईलाई रोकिरहेका छन् ।


 झलनाथ खनालसहितका नेताहरु भने एमालेसँग मिलेर सरकार बनाउने पक्षमा रहेका छन् । त्यो लाइनमा रहेका राईसँग एमाले नेताहरुले पनि पटकपटक छलफल गरेकाे खबर छ।

 

पूर्वमुख्यमन्त्री समेत रहेका जिल्ला वासी एमाले नेता शेरधन राईले धरानामा आइतबार राजेन्द्र राईसँग छलफल गरेका छन् । उनीहरु बिच पनि आलोपालो सरकार चलाउने विषयमा छलफल भएको बताइएको छ ।


 अध्यक्ष माधव नेपालले भने प्रचण्डपछि आफू प्रधानमन्त्री हुने आश गरेकै कारण प्रदेशमा केन्द्रीय गठबन्धन भत्किन दिन नहुने अडान लिइरहेका छन् । झलनाथ खनालसहितका नेताहरु एमालेसँग मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ भन्ने लाइनमा राजेन्द्र राई पनि देखिएपछि माधव नेपाल भने आफूहरुलाई गठबन्धनबाट बाहिर निकाल्न खोजिएको भन्दै आरोप लगाउन थालेका छन् ।


  कोशी प्रदेशको सरकारमा एमालेलाई साथ दिने अवस्थामा एकीकृत समाजवादी पुगेमा हिक्मत कार्कीको सहजै बहुमत पुग्ने अवस्था हुन्छ । राप्रपालाई साथ पहिलादेखि नै लिएको छ ।

 

राजेन्द्र राई पार्टी  नेतृत्वसँग असन्तुष्ट रहेका कारण उनी प्रदेशमा स्वतन्त्र अभ्यास गर्न पनि सक्ने आंकलन पनि हुन सक्ने बताइन्छ । राजेन्द्र राईले स्वतन्त्र निर्णय गरेमा काेशीमा सहजै सरकार बन्ने र माधव नेपालमात्रै रुष्ट हुने संभावना हुन्छ ।

 

त्यस्तो बेलामा एकीकृत समाजवादी पार्टी फुट्न सक्ने पनि बताइन्छ । राजेन्द्र राईले हिम्मत गरेमा पार्टी फु्ट्ने भएकोले कतै एसका सांसदले फ्लोर क्रस गर्ने पो हुन कि भन्ने आंशका पनि देखिन थालेको छ । त्यसैले, अहिले माधव नेपाल चिन्तामा देखिएको एसकै नेताहरु बताइरहेका छन् ।

कोशी प्रदेशमा एसका ४ जना सांसद छन् । त्यसमा दुईजना सांसद माधव नेपालनिकट मानिन्छन् भने दुईजना झलनाथ खनालनिकट रहेका छन् ।

प्रतिकृया दिनुहोस