• शनिबार-भदौ-२८-२०८२

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा क्षतिग्रस्त प्रहरी कार्यालयको निरीक्षण


काठमाडौँ, २८ भदौ : प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका काठमाडौँका विभिन्न प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

 

उहाँले आज गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग कोटेश्वर कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।

 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक  शेखर खनालले प्रधानमन्त्री कार्कीलाई घटनाबारे जानकारी गराइएको र त्यस क्रममा उहाँले उच्च मनोबलका साथ काममा फर्कन आग्रह गरेको बताउनुभयो । 

 

जेनजी आन्दोलनका क्रममा उपत्यका प्रहरी कार्यालय मातहतका अधिकाशं प्रहरी कार्यालयहरू जलेका छन् । प्रधानमन्त्रीसँगै प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च प्रहरी अधिकारीको सहभागिता रहेको थियो ।
---

 

प्रतिकृया दिनुहोस