२०८० भदौ १ गतेको लेखमा पाल्पाका चलचित्र हल सञ्चालनको कुरा गरेको थिएँ । आज नेपाली चलचित्रका महानायक तथा पूर्व राजदूत एवम् पाल्पा हाईस्कुलका तत्कालीन प्रधानाध्यापक चुडा बहादुर हमालको पुत्र राजेश हमालले चलचित्र क्षेत्रमा पु¥याएको योगदान, संगीतकार बसन्त जंग रायमाझी, गौरी मल्ल, धिरेन शाक्य, शर्मिला मल्लको एभरेस्ट टुथ पेस्टदेखि कान्छी सिनेमासम्मको यात्रा, संजय मास्केको सिनेमामा सुरुवाती प्रबेश, र केशर जंग रायमाझीको “कम्युनिस्टदेखि राजतन्त्र र राजसभासम्मको राजनीतिक यात्रा, सुर्य बहादुर सेन ओलीको ‘मुखबाट निस्केको बोली र गोली फिर्ता हँुदैन’ भन्ने जन बोली थियो ।
त्यस्तो प्रशासक जसले सायद पोखरामा सीडीओ हुँदा न्याय सेवाकैलाई थुनामा राखी कारबाही गरेको आदि चर्चित यहाँ पस्किएँ । “आँखा छोपी नरोउ भनि भन्नु प¥या छ ...’’ आदि कालजयी गीतका रचनाकारले समेत पाल्पामा केही समय भूमिसुधार अधिकारी भएर २०२१ सालतिर र पछि नेपाल कम्युनिस्ट पार्टीका तीन संस्थापक मध्ये नारायण बिलाश जोशीको सेवा पनि पाल्पालीले पाउनु सौभाग्य कै कुरा हो । “गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ, गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ्यो देशको मुहार फेर्नलाई उठ....., यो देशको मुहार फेर्नलाई उठ ...! स्वरका धनी एवम् जनताका गायक रामेशको जन्म पनि उनको बुबा माल अड्डामा काम गर्दा मेहल्धारामा भएको रहेछन । पछि सन् २०२२ मा उनले अहा † कति रमाइलो पाल्पा गीत गाए जुन यु ट्युबमा उपलब्ध छ । गीति क्षेत्रका नक्षेत्र तथा पाल्पाकी बुहारी देविका बन्दनाले गायका असख्य गीत, भजन पनि कर्णप्रिय छन् ।
पाल्पामा सीडीओ भएर आएका लव विक्रम शाहको सक्रियतामा तानसेनमा देउराली परिवारको सांगीतिक संगठनको जन्म भएको जस्तो लाग्छ । प्रमुख सात हस्ती थिए ः मदन , किशोर, भरत, भारत, महेश, राजेन्द्र, काशी कँुवर । ‘‘म सानो छैन रेलमा चढी सुइँकन बेर छैन ...” आदि गीतको कार्यक्रमले क्रमिकता पाएको थियो । सांगीतिक माहोल निकै राम्रो थियो उतिबेला पाल्पामा । बसन्तपुर टोलका सुन्दरलाल श्रेष्ठले नेपाल राष्ट्र बैंकमा नोट र सिक्काको डिजाइन गरि पाल्पाको गौरब राखे, उनको पिता पुर्खा पनि प्राविधिक र स्वास्थ्य क्षेत्र र निर्माण व्यवसायमा योगदान छ ।
“नेपाल एक कृषि प्रधान मुलुक हो ।’’ भनि पढाउने र सुरुमा लेख्न सिकाउने पद्मनाथ गुरु र गोपी कृष्ण गुरु, टिका राम गुरु नेपालीको धुरन्धर थिए । धन बहादुर र करुणा मास्टर कहाँ ट्युसन पढेर धेरैको जग मजबूत भयो ।
समय समयमा पाल्पा काकाकुल हुन्छ । लिफ्ट गरेर होलंदीबाट बसन्तपुरसम्म पानी पु¥याइएको थियो हामी बच्चा हँुदा । कुरुङ खोलाबाट तानसेनवासीलाई पानी खुवाउन दुई किलोमिटर पहाड छेडेर चण्डी भञ्ज्याङमा बनाइएको सुरुङ र त्यसमा तेर्सो गरी बिछ्याइएको ठूलो अजंगको पानीको पाइप अहिले मर्मतका पर्खिरहेको छ । पानीको र तानसेनमा भौतिक पुर्वाधारको कुरा गर्दा कीर्तिपुरबाट पाल्पा गइ भीमसेन टोल बस्ने रामकृष्ण श्रेष्ठको नाउ आउछ । उनले तानसेन नगरपालिका र पछि खाने पानीमा बसी योगदान पु¥याएका थिए । बचनका पक्का, सरल स्वभाब, नियमित औषधिको रुपमा अल्कोहलको सेवन गर्ने उनको दैनिकी थियो । उनको पुत्र श्री कृष्ण र बालकृष्णले समेत राष्ट्रियस्तरमा शैक्षिक क्षेत्रमा र विविध क्षेत्रमा सेवा गरि नाम राखे ।
गोंगल परिवारका डा. दिनेश नाथलगायत सबै, पदम चन्द श्रेष्ठ, वैश्यत, शाक्य, बज्राचार्य, सिल्खानका कर्माचार्यबाट आउने ट्वाक ट्वाक आवाजको मेसिन घरलगायत सबैको भूमिका र योगदान स्वास्थ्य, बैंक व्यवसाय, कृषिको व्यवसायीकरण, आदिमा प्रमुख भूमिका रह्यो । स्थानीयस्तरमा राजनैतिक एवम् प्रजातान्त्रिक मूलधार बोकेर हिंडेका पूर्णमान शाक्य, बैकुण्ठ ध्वज राजलवट, भगवती ध्वज र उनको पुत्रहरु राजनीति र पछि व्यापारमा लागे । देवराज कोलाक्षपति, ईन्द्र राज कोलाक्षपति र पदम चन्द श्रेष्ठ, त्रिवेणीप्रसाद प्रधानहरुले स्वास्थ्य क्षेत्रमा तानसेनको विकासमा आ–आफ्नो स्थानबाट सक्दो योगदान पु¥याएकै हो । जगदीश श्रेष्ठले सेजको स्थापनामा खेलेको भूमिका महत्वपूर्ण छ ।
यसैगरि, साहित्यमा र संस्कृति फाँटका माधवप्रसाद, कुलमणि र कृष्णचन्द्र देवकोटा, कवि चन्द्रप्रसाद अधिकारी, कवि कविन्द्र मानसिंह, बेटी बज्राचार्य, भागीरथी श्रेष्ठ, पत्रकार विनय कसजूले बाल पुस्तक समेतमा पु¥याएको योगदान, प्रकाशलाल श्रेष्ठ, मेघराज शर्मा, उत्त्पल मान सिंह, हरि बहादुर कँुवर, शम्भु श्रेष्ठले चर्चित दृष्टि साप्ताहिक पत्रिका ४ दशकदेखि अनबरत प्रकाशन, चैतन्य प्रधान, शान्ता शाक्य, पुस्कर रेग्म , चित्र विधामा टक्सारका अशोक, बसन्तपुरका हरि, रत्नले पाल्पावासीलाई ठूलो गुन लगाएका छन् । विभिन्न कालकाण्डमा “श्रीनगर”, “पाहुर”, “सत्य”, बाल कथा र डाईजेस्ट पत्रिका प्रकाशित गरेका थिए ।
त्यसैगरी सांस्कृतिक फाँटका अथक योद्धा भीमसेन टोलका लाले जोकर, बढीज्ञान टोलका प्राणप्रसाद उदय, ठाडो गल्लीका थापाकाजीको जात्रा र खास गरि गाईजात्रामा उनले हातमा बजाएर निर्गुणको व्यवस्थापन गर्ने, शिक्षामा चिनियाँलाल बज्राचार्य, मुक्तिप्रसाद श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, लहरे पिपलको नारायण शर्माको हस्यौली, चित्र बलिरामको जोक र शिक्षा, आदिको योगदानले पाल्पावासीको शान बढाएको तथ्य अझै पाल्पावासीले बिर्सिएका छैनन् । आधुनिकतासंगै पाल्पामा हाल प्रशारण भइरहेका केही एफएम रेडियो÷टीभी च्यानलहरुले पाल्पावासीमा केही उत्साह बढाएका छन् ।
धरमपानी र “रमा निवास”मा बस्ने पाण्डे गुरुज्यूहरुको समेत कलेज भवन कलेजलाई हस्तान्तरण गरेको आफ्नै इतिहास छ । विद्वान फणिन्द्रराज पाण्डेले नेपाली र संस्कृत शब्दकोष तयार पारेका छन् भने घण्टप्रसादको अथक प्रयासमा मदन पोखराको चोला फेरिएको छ ।
यसका साथै, मगर समुदायलाई शिक्षित बनाउन जीवन नै लगाए, माष्टर अयोध्या प्रसाद प्रधानले । उनी बुद्ध धर्मका साधक थिए । पाल्पामा हवाईजहाज बनाएर उडाउने, चटक र जादु गर्ने बुढा जुँगे गुरुजु बाजे थिए । उनको आगमनले सँधै हामीलाई केही अंग्रेजीमा प्रश्न सोध्ने गर्दथे भने आफ्नै बुद्धि र प्रविधि लगाएर टेलिभिजन सञ्चालन गर्न सक्षम थिए– बुद्धरत्न, महेश देउराली । ठाडोगल्लीका अम्बिकाप्रसाद लाकौल र नरेन्द्रप्रसाद लाकौलले त पाल्पा र पाल्पाको आर्थिक, शैक्षिक र सांस्कृतिक इतिहास चिनाउन अथक प्रयास मात्र गरेनन्, पश्चिमाञ्चलकै पहिलो छापाखाना खोले । “आरोग्य विज्ञान” भन्ने पुस्तक त पाठ्यक्रममै थियो । पद्मपब्लिक स्कुलमा रहे, त्रिभुवन क्याम्पसका सेक्रेटरी, प्रजातान्त्रिक आन्दोलन २००७ मा सक्रिय रही शिक्षा, स्थानीय सुशासन र प्रकाशन विभागका मन्त्री भएको र उनले खेलेको अहम् र महत्वपूर्ण भूमिकाको उल्लेख भवेस्वर पंगेनीको २०४९ को मदन पुरस्कार प्राप्त पुस्तक, “पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सय दिन’’ पुस्तकमा समेत उल्लेख छ ।
साथै, “पुस्तक पढ्ने दलान” जुन हालको धवल पुस्तकालको रुपमा छ, को स्थापना र सुरुवात गरे । साथै बनमाली प्रसाद लाकौलले बालककालमा “बाल सखा मण्डलमा” मोहन मान संैजुसंग आबद्ध भै काम गरेको, त्रिभुवन कलेजमा प्रिन्सिपल, स्कुलमा अध्यापन, र पछि काठमाडौँमा राम्रो अवसरको खोजीको सन्दर्भमा परराष्ट्र मन्त्रालयबाट जेनेभामा “चार्ज डी अफैयर्स” र “चिफ अफ प्रोटोकल” समेत भए । उनकै हीरा जस्ती छोरी मलाई दिएकाले अरु के माग्ने ? भन्ने मेरो धारणा सँधै रह्यो ।
प्रतिकृया दिनुहोस